काभ्रे । जिल्लाको सबैभन्दा ठूलो र पूरानो शहर बनेपामा कपडा बैंकको स्थापना भएको छ । शनिबार एक कार्यक्रमका बीच शुभारम्भ भएको उक्त कपडा बैंक बनेपा निवासी सर्वश्री अधिकारीको अगुवाईमा स्थापना भएको हो ।

अधिकारी नवजीवन परोपकार समाजकी आजिवन सदस्य समेत हुन् । यसमा साथ नवजीवन परोपकार समाज र दुर्गनाथ दाहालले दिएका छन् । दाहाल दिनानाथ दाहाल स्मृति प्रतिष्ठानका अध्यक्ष समेत हुन् । असहाय तथा विपन्न वर्गका लागि केही राहत होस भन्ने उद्देश्यले कपडा बैंक राखिएको हो ।
बनेपा नगरपालिकाको कार्यालय नजिकै राखिएको कपडा बैंकबाट कपडा आवश्यक हुनेले निःशुल्क लान सक्नेछन भने प्रयोग गर्न मिल्ने (पुरानो तथा नयाँ) कपडा दिन इच्छुकले उक्त स्थानमा लगेर राख्न सक्नेछन् ।
पकडा बैंकमा कपडा व्यवस्थापन यसरी गर्ने

अधिकारीले यो कार्य बिल्कुलै सामाजिक काम भएकाले व्यवस्थापनमा पनि जनसमुदायबाट सहयोगको अपेक्षा गरेकी छिन् । ‘दिनदिनै कपडाको चाप बढ्यो तर लाने मान्छे कम भएको खण्डमा प्रयोग गर्न मिल्ने राम्रा कपडाहरु विभिन्न आश्रम, प्राकृतिक प्रकोपको विपती परेका ठाउँ, चेपाङ बस्तीमा आदिमा पु¥याउने छौं । प्रयोग गर्न नमिल्ने कपडाहरु कपडा बैंकमा जम्मा भएमा ती कपडाहरुलाई पेलेर डस्ना बनाउनेछौ र त्यसै ठाउँहरुमा पुर्याउने योजना बनाएका छौ ।’ लाने मान्छे धेरै तर बैंकमा कपडा कम जम्मा भएमा अन्य ठाउँमा भएका कपडा बैंकसँग सहकार्य गरी आवश्यकतालाई पूरा गर्ने उनले बताईन् ।

कपडा बैंक बनेपामा राखेपछि कपडा पु¥याउन आउने र छानेर लानेको भिड नै लाग्न थालेको छ । उद्घाटनकै दिन पनि चाहलपहल निक्कै नै थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















