काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण बर्ष–२०२० सफल बनाउन सबैलाई अनुरोध गरेका छन् । आज (आइतबार) एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री भट्टराईले उक्त अनुरोध गरेका हुन् ।
मन्त्री भट्टराईले नेपाल भ्रमण बर्ष–२०२०ले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्षसहित सबै पक्षलाई अगाडि बढेर सहयोग गर्न अनुरोध गरेका छन् । ‘मूलुकमा रोजगारी सृजना, गरिवी निवारण तथा समावेशी विकास समेतको दृष्टिले पर्यटन क्षेत्र अर्थतन्त्रको एक महत्वपूर्ण आयाम हो ।’ उनले भने, ‘उल्लिखित पक्षलाई हृदयंगम गरी नेपाल सरकारले कम्तिमा बार्षिक वीस लाख पर्यटक भित्र्याउने गरी नेपाल भ्रमण बर्ष–२०२० अभियान सञ्चालन गरिरहेको छ ।’
अनुरोध पत्रमा भट्टराईले लेखिएका छन्ः ‘नेपाल भ्रमण बर्ष–२०२० अभियानलाई विश्वस्तरमा तथा नेपालभर प्रचार प्रसार गरी अनुपम प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको एक प्रमुख गन्तव्यको रुपमा विश्व पर्यटन बजारमा नेपाललाई दिगो रुपमा स्थापित गर्नकालागि विश्वको हरेक कुना, तह र तप्कामा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुबाट उल्लेखनीय सहयोगको मैले अपेक्षा गरेको छु ।
स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाई, दिदी बहिनीहरुले नेपाल भ्रमण बर्ष–२०२० अभियानलाई प्रारम्भिक रुपमा सहयोग गर्नकालागि आफुले प्रयोग गर्ने (निजी तथा आफ्ना संघ।संस्थाहरुको समेत) सामाजिक सञ्जाल ९ध्भदकष्तभ, ँबअभदययप, त्धष्ततभच, क्ष्लकतबनचबm० लगायतमा यस अभियानको लोगो राखि दिनु हुन तथा सार्वजनिक एवं निजी क्षेत्रका संगठित संस्थाहरुले पनि यस कार्यलाई उत्साहका साथ साथ दिनु हुन हार्दिक अनुरोध गर्दछु । साथै, नेपाल भ्रमण बर्ष–२०२० को यस अभियानलाई सफल बनाउन सबैको थप सहयोग, समन्वय र सहकार्यको नेपाल सरकार सदैव अपेक्षा गर्दछ ।’
यस्ताे छ अनुराेध पत्रः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















