हेटौंडा । ट्राफिक कारवाहीको क्रममा मकवानपुर जिल्लामा आर्थिक वर्ष ०७५।७६ मा १ सय ४५ जना सवारी चालकको लाइसेन्समा प्वाल पारेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालकहरुको यसरी प्वाल पारेका हुन् । लाइसेन्स प्वालसँगै प्रतिचालक एक हजार रुपैयाँ जरिवानासमेत असूली गरेका छ ।
लाईसेन्स नभएका ५९ कारवाहीमा
त्यसैगरी लाइसेन्स नभएका ५९ चालकलाई पनि यो वर्ष कारवाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार लाइसेन्स नभएका प्रतिचालकबाट दुई हजार रुपैयाँका दरले जरिवाना उठाइएको छ ।
गत वर्षको तथ्यांक यस्तो थियो
अघिल्लो आर्थिक वर्ष ०७४।७५ मा मापसे गरी सवारी चलाएका ५५६ चालकको अनुमतिपत्रमा प्वाल पारिएको थियो । त्यस्तैगरी ५६ जना लाइसेन्स नभएकालाई दोब्बर दस्तुर जरिवाना गरी कारवाही गरिएको थापाले बताए ।
वार्षिक तथ्यांकको विश्लेषण गर्दा मापसे सेवन गरी सवारी चलाउने चालकको संख्या यो वर्ष घटेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकालले ट्राफिक प्रहरीले कडाइका साथ मापसे जाँच गरिरहेकोले यो संख्या ह्वात्तै घटेको हो ।
सवारी नियम, २०४९ को दफा ४२ अनुसार मापसे गरेर सवारी चलाउनेलाई कारवाहीस्वरूप लाइसेन्स प्वाल पार्न सकिने व्यवस्था छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















