काभ्रे । जिल्ला प्रहरी कार्यालय, काभ्रेले जिल्ला भरि जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । प्रहरीले विभिन्न विद्यालयका विद्यार्थीहरुसँग मिलेर जनचेतना कार्यक्रमहरु सञ्चालन गरेको हो ।
यसैबीच शनिबार मण्डनदेउपुर न.पा वडा नं १ डाँडागाऊँ स्थित जनकल्यान आधारभुत मा.बि.का विद्यार्थीहरुसँग मिलेर गाँजाको बोट फडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार उक्त विद्यालयको २५ जना बिधार्थीहरुको संयुक्त उपस्थितिमा अन्दाजि १७ सय गाँजाको वोटहरु फडानी गरी नष्ट गरिएको छ । उक्त टोलीमा २७ जनाको सहभागीता रहेका थिए ।
त्यसैगरि आज (आइतबार) पाँचखाल नगरपालिका वडा नं ४ स्थित दुग्धेश्वर मा.बि.मा कक्षा ८, ९ र १० मा अध्यनरत विद्यार्थीहरुलाई पनि विभिन्न अपराधकोबारेमा अनुशिक्षण दिएको छ । प्रहरीका अनुसार उक्त विद्यालयका बिधार्थीहरुलाई साईवर अपराध, वालयौन दुव्र्यबहार, लागुऔषध सम्बन्धि अनुशीक्षण दिईएका थिए । कार्यक्रममा करिब ६० जनाको सहभागीता रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















