उदयपुर । प्रतिदिन एक जना भ्रष्टाचार पक्राउ परिरहेको अवस्थामा भ्रष्टाचारको आरोप लागेका एक कर्मचारीले अख्तियार प्रमुखको नममा सुसाईट नोट लेखेर आत्महत्या गरेका छन् । मालपोत भ्रष्टचार मुद्दा लागि निलम्बनमा परेका उदयपुरका हरि आचार्यले आत्महत्या गरेका हुन् । आचार्यले आत्महत्या गुर्नअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नाममा सुसाइड नोट लेखेको प्रहरीले फेला परेको छ।
उदयपुरको त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय आचार्यमाथि मालपोत कार्यालय कलंकीमा रहँदा भ्रष्टचार मुद्दा लागेको थियो । उनले लेखेको दुई पाना सुसाइड नोट लेखेर आत्म हत्या गरेको प्रहरीले जनाएको छ ।
उनले नोटमा के लेखेका छन् ?
‘सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन ।’ तर देशको ठूलो भ्रष्टचारी भएँ ।’ प्रमुख निर्वाचन आयुक्त नवीनकुमार घिमिरेको आयु २०० होस, म जस्तालाई निर्दोष विशेष अदालतमा मुद्दा छ, रमेश भाई काठमाण्डौंले सहयोग गर्नु ।’
उनले सुसाइड नोटमा घरपरिवारलाई पनि सन्देश दिएका छन् ‘आफ्नो नाममा पुराण लाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान तर पारिवारिक वातावरण मिलाउन सकिन, कामबाट चोखिने काम मात्र गर्नु, मैले कामगर्दा भएको गल्ती हो स्वीकार गरी नेपाल सरकार बनाइसकेको थिएँ । ममीले छोराहरुसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु । म विदा भएँ । खातामा पैसा छन्, श्रीमती केही जान्दिन साथीभाइले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु ।
कान्छो छोराको व्याचलर सकुँला भनेको थिएँ सकिन, पापी भएँ । भनी बाणिज्य नेपाल, एनसिसी, एनआईसी बैंकमा के कति पैसा छ, चेक दराजभित्र सानो व्यागमा छ, अन्यमा पैसा भएपनि कमै छ ।
वीरेन्द्र काकालगायत छिमेकीले भंैसी, खसी तह लगाइदिनू । आमा साहिली बुहारी र भतिजाले सुरक्षा गर्नू । सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाण्डौँ बस्नु, गोमाले रंगिन लुगा लगाउनू, १३औँ दिनमा सबै फुकाउनू । संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनू ।
उनी साउन २५ गते बेलुका ६ बजे सुसाइड नोट लेखी घरबाट बाहिरिएका थिए । आचार्य शनिबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको विषयमा काठमाडौं गई फर्किएका थिए । मालपोत कार्यालय कलकीं रहँदा प्रलोभनमा पारी ९२ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको उनलाई आरोप छ ।
अदालतबाट मुद्दा खारेजी भइसकेको अवस्थामा अख्तियारले पुनः विशेष अदालतमा मुद्दा दर्ता गरी दुःख दिएको उनले सुसाइड नोटमा भनेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















