काभ्रे । जिल्लाको महाभारत गाउँपालिका वडा नं. १ का ब्लड क्यान्सर पिडित नवाङ मोक्तानलाई महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाद्वारा उपचारको लागि संकलन भएको आर्थिक हस्तान्तरण गरेका छन् । आज (सोमबार) बनेपामा एक कार्यक्रमका बीच गापा अध्यक्ष जिम्बाले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
ब्लड क्यान्सर पिडित नवाङका बुबा ज्ञानबहादुर मोक्तान र नवाङ मोक्तान बचाऔं अभियानका संयोजक विछोड तामाङलाई जिम्बाले १ लाख ८० हजार रकम हस्तान्तरण गरेका थिए । उक्त रकम महाभारत गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्षहरु, कर्मचारी र केही युवाहरुले सहयोग गरेका थिए ।
कार्यक्रममा जिम्बाले पिडित बालकको स्वास्थ्य लाभको कामना गर्दै देश विदेशमा रहेका नेपालीहरुलाई सहयोग गर्न अपिल गरेका थिए । गाउँपालिकाबाट गर्नुपर्ने सहयोग निरन्तर गर्ने प्रतिबद्धता समेत उनले जनाए ।
जिम्बाद्वारा एक महिनाको तलब सहयोग
गापा अध्यक्ष जिम्बाले पिडितलाई एक महिनाको तलब सहयोग गरेका छन् । उनले पिडितलाई एक महिनाको तलब ३० हजार रुपैयाँ आज उक्त कार्यक्रममा हस्तान्तरण गरेका थिए ।
कस्ले कति सहयोग ?
१. कान्छालाल जिम्बा महाभारत गाउँपालिका अध्यक्षः ३०,०००।–
२. मीन बहादुर वाईबा २ नं. वडा अध्यक्षः २०,०००।–
३. रमेश कुमार लुङ्गेली ६ नं. वडा अध्यक्षः ५,०००।–
४. रेमोण्ड थापा मगरः १०,०००।–
५. शिवराम हुमागाईः १०,०००।–
६. पारस नेपाल ५,०००।–
७. टीका प्रसाद दाहाल ५,०००।–
८. हरि सि विष्ट १०,००० ।
९. उतरमान जिम्बा ५,०००।–
१०. पदम प्रसद तिमल्सिना ५,०००।–
११. रेशम योन्जन ५,०००।–
१२. भानुभक्त आले मगर १०००।–
१३. प्रदिप योन्जन ४०००।–
१४. म्हावर कन्स्ट्रक्सन प्रालिको तर्फबाट सुजन लामा र तस्वीर मोक्तान ३५३३५।–
१५. सन्जय लो ५,०००।–
१६. शंकरमान घलान २०००।–
१७. अभिलाश वाईवा ११००।–
१८. बाबुलाल योन्जन १००५।–
१९. सुदिप घलान ५००।–
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















