अञ्जली तामाङ
काभ्रे । जिल्लामा जबरजस्ती करणी गर्ने दुईजना प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नं. १, अनेकोटका ५७ वर्षिय ईमान सिं तामाङ र पाँचखाल नगरपालिका वडा नं. ४ शिखरपुरका ३१ वर्षिय सुन बहादुर लामा रहेका छन् ।
तामाङ र लामा माथि आफूलाई बलात्कार गरेको पिडित महिलाले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिए ।
मकै गोड्न बोलाई बलात्कार
ईमान सिं तामाङले २०७६ असार १३ गते बिहान ९ बारीमा मकै गोड्न एक महिलालाई बोलाएका थिए । जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक (डिएसपी) गिरीका अनुसार निजको बारीमा मकै गोड्न गई मकै गोडी रहेको समयमा एक्कासी तामाङले मुख थुनेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।
मुख थुनी उक्त महिलालाई जबरजस्ती समाई जबरजस्ती करणी गरे पश्चात भागेर गुहार मागेपछि स्थानीय जम्मा भएका थिए । स्थानीय जम्मा भएपछि आरोपित तामाङ त्यस स्थानबाट भागरेका थिए । किटानी जाहरे पिडित महिलाले दिएपछि तामाङलाई प्रहरीले पक्राउ गरेको थियो । डिएपी गिरिका अनुसार आइतबार पक्राउ गरी जिल्ला अदालत, काभ्रेबाट म्याद थप गरि अनुसन्धान भइरहेको छ ।
विगत ४ वर्षदेखि निरन्तर जबरजस्ती करणी गर्ने पक्राउ
बलात्कारको आरोपमा पक्राउ भएका सुनबहादुर लामाले एक महिलालाई २०७२ सालदेखि निरन्तर बलात्कार गर्दै आएको पिडित महिलाको जाहेरीमा उल्लेख छ ।
प्रहरीका अनुसार लामा २०७२ साल देखि जाहेरवालाकै घरमा कोठा लिई बस्दै आएका थिए । २०७६ साल जेष्ठ २३ गतेको दिन लामाले घर परिवारलाई भोजको निम्तो गरी सबै जना गई भोज खाएर घरमा सुती रहेको अवस्थामा सोही दिनको राती १ बजेको समयमा जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
आफूले जबरजस्ती गरेको कुरा कसैलाई केही भन्यौ भने मारी दिने धम्की आरोपित लामाले दिएपछि पिडित महिला चुप बसेको तर फेरि असार २६ गते राती ११ बजे फेरी जबरजस्ती करणी गरेपछि प्रहरीकोमा जाहेरी दिन बाध्य भएको बुझिएको छ ।
आरोपित लामालाई पनि आइतबार नै पक्राउ गरि जिल्ला अदालत, काभ्रेमा म्याथ थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।