तेमाल । जिल्लाको तेमाल गाउँपालिकाले जनैपूर्णिमाका दिन सार्वजनिक विदा दिने घोषणा गरेको छ । गाउँपालिकाको अध्यक्ष स्तरीय मिति २०७६।०४।२८ गतेको निर्णयानुसार उक्त दिन सार्वजनिक विदा हुने प्रमुख प्रशासकिय अधिकारी नविन गङ्तान लामाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
तेमाल गाउँपालिकाको केन्द्रमा अवस्थित श्री नारायणस्थानको मन्दिर परिसरमा जनै पूर्णिमाको पावन अवसरमा परापूर्वकाल देखि नै जनैपूर्णिमाको दिन जनैपूर्ने धार्मिक जात्रा हुने गरेको छ ।
‘नारायणस्थानमा लाग्ने सो धार्मिक जात्रा÷मेला तेमालको साँस्कृतिक पर्व कै रुपमा विकसित भएको र तेमाल लगायत आसपासको गाउँपालिका तथा नगरपालिका र अन्य छिमेकी जिल्लाबाट समेत दर्शननार्थी भक्तजनहरु उपस्थित भै धार्मिक अनुष्ठान गर्ने गर्दछन् ।’ सूचनामा भनिएको छ, ‘यस जात्रा÷मेलालाई सभ्य, भव्य रुपमा मनाउन जात्रा हुने दिन मिति २०७६ साल श्रावण ३० गते गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहहरु, विद्यालय, बालविकास केन्द्र, वडा कार्यालय र गाउँपालिकाको कार्यालय समेतमा कार्यपालिकाबाट अनुमोदन गर्ने गरी गाउँपालिकाको अध्यक्ष स्तरीय मिति २०७६।०४।२८ गतेको निर्णयानुसार उक्त दिन सार्वजनिक विदा (स्थानीय पर्व विदा) गरिएको व्यहोरा सबैमा जानकारी गराईन्छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।