काभ्रे । जिल्लाको बनेपा नगरपालिका वडा नं. १ मा खल्डोमा जमेको पानीमा पौडी खेल्दा एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा डिएसपी दिपक गिरीका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला डाँडापास सल्ले गाविस वडा नं. ६ घर भई बनेपा–१, रायगाउँमा डेरी गरि बस्ने सनम गोलेको छोरी ११ वर्षिय रुप्साना गोले रहेका छन् ।
मृतक बालिका गोले सो ठाउँमा डिजी औषधी फ्याक्ट्रीको जग्गामा भवन बनाउन खनेको जगको खाल्टोमा जमेको पानीमा पौडी खेल्दा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलमा तत्काल प्रहरी पुगी लासजाँच प्रकृति मुचुल्काको कार्य सम्पन्न गरि लास पोष्टमाटमको लागि पठाएइको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















