धुलिखेल । जिल्लाको धुलिखेल स्थित संजीवानी माविको गेट अगाडी एक युवा माथि खुकुरी प्रहार गरेको छ । आज (विहिबार) साँझ ६ बजे धुलिखेल नगरपालका वडा नं. ८ निवासी २८ वर्षिय सिताराम तामाङ माथि खुकुरी प्रहार भएको हो ।
जिल्ला प्रहारी कार्यालय, काभ्रेका सूचना अधिकारी तथा डिएसपी दिपक गिरीका अनुसार सोही वडा बस्ने बर्ष १८ को सत्यमान तामाङ, पाँचखाल नगरपालिका वडा नं. ५ बस्ने बर्ष २२ का गणेश ब. तामाङले खुकुरी प्रहार गरेको थिए ।
घाइते सिताराम काठमाण्डौ जाने क्रममा धुलिखेल न।पा ७ संजिवनि स्कुलको गेट अगाडी हिडीरहेको अबस्थामा बा.३८ प. ६७०३ नम्बर को स्कुटीमा आई खुकुरी प्रहार गरी घाईते बनाएका थिए । उनको टाउको र बाँया कोखामा चोट पुगेको छ । घाइतेलाई धुलिखेल अस्पतालमा उपचारको लागि लगिएको छ भने खुकुरी प्रहार गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।