काठमाडौं । मन्त्रीलाई भेटन नदिएको भन्दै सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीको स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन । यो खबर आजको नेपाल समाचारपत्रमा छ । लामो समयसम्म कुर्दा पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेट्न समय नमिलाइदिएको भन्दै मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले नै कुटपिट गरेका थिए । गृह मन्त्रालयमा भेटघाट गर्न भन्दै नेकपाका पाँच जना द्धन्द्ध पीडित कार्यकर्ताहरुले गेटबाट पास लिएर सिंहदरवार प्रवेश गरेका थिए । लामो समयसम्म कुर्दा पनि भेट्न पालो नआएपछि नेकपाका कार्यकर्ताहरुले समय मिलाइदिन स्वकीय सचिव विष्टलाई दबाब दिएका थिए । स्वकीय सचिव विष्टले मन्त्रीज्यू व्यस्त रहेको भन्दै ती कार्यकर्तालाई अलमल्याउन खोजेका थिए । लामो समय कुर्दा पनि समय नपाएपछि भेट्ने पालो कुरेर बसेका कार्यकर्ताहरुले आफ्नै पार्टीको मन्त्रीलाई पनि भेट्न नपाउने भन्दै आक्रोश व्यक्त गर्दै कुटपिट गरेको एक प्रत्यक्षदर्शीले नेपाल समाचारपत्रलाई बताए । । ती प्रत्यक्षदर्शीका अनुसार साँझ ६ बजेसम्म पनि भेट्न पाउने÷नपाउने विषयमा भनाभन भएपछि दुई जना कार्यकर्ताले स्वकीय सचिव विष्टमाथि कुटपिट गरेका थिए ।

जनताबाट चुनिएका जनप्रतिनिधिसँग सर्वसाधारणले सहज सेवा पाउने अपेक्षा गर्छन् तर सेवा र न्याय दिन्छु भन्नेबाटै हातपात भएपछि अवस्था कस्तो होला ? सिरहामा यस्तै भएको छ, नागरिकता लिन वडा कार्यालय पुगेका एक सेवाग्राही सहज सेवाको साटो वडाअध्यक्षबाटै कुटिएका छन् ।

सिरहा नगरपालिका १८ तारापट्टी कुर्मी टोलका २५ वर्षीय मनोजकुमार रायलाई उनकै वडाका अध्यक्ष रामसोगारथ यादवसहितको समूले कुटपिट गरेको हो । वडाभित्र तारापट्टीमा सिँचाइ बोरिङको उपभोक्ता समिति निर्माण गर्न असार २५ गते बुबा रामसेवा रायको सक्कल नागरिकता प्राणपत्र वडाध्यक्षलाई जिम्मा दिइएको थियो ।

त्यही नागरिकता फिर्ता लिन साउन २८ गते दिउँसो वडा कार्यालय पुगेका मनोजमाथि वडाध्यक्षबाट कुटपिट भएको हो । यो समाचार कान्तिपुर दैनिकमा भरत जर्घामगरले लेखेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।