दाङ । राप्ती गाउँपालिकाको वडा नं १ मा पर्ने नेपाल राष्ट्रिय माध्यामीक विद्यालयमा सिजनेवल भाईरल ज्वरोका कारण अधिकांस विद्यार्थी अनुपस्थीत भएको पाईएको छ । राप्ती गाउँपालिका शिक्षा शाखाको आयोजनामा भएको अनुगमन कार्यक्रममा कुल पाँच सय अठार विद्यार्थी मध्य १ सय ८२ विद्यार्थी उनुपस्थीत भएको पाईएको हो ।
पछिल्लो समय विद्यार्थी विरामी भैरहेको र केहिदिन देखी अत्यधिक विरामी परेकोले विद्यालय उनुपस्थीत रहेको विद्यालयका प्रध्यानाध्यापन लोकेन्द्र केसीले बताए ।

राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको संयोजकत्वमा शिक्षा शाखा अधिकृत विश्वास विक, संञ्चार संयोजक लगायतको अनुगमन टोलीले तत्काल स्वास्थ्य चौकी लालमटियाका प्रमुख झवीलाल कँडेललाई विद्यालयमा बोलाई विद्यालयलाई आवश्यक पर्ने औषधि उपलब्ध गराउन र विद्यार्थीहरुको स्वास्थ्य चेकजाँच गर्न आवश्यक स्वास्थ्यकर्मी खटाउन समेत निर्देशन गरिएको छ । साथै विरामी विद्यार्थीका अभिभावकलाई विद्यार्थीको स्वास्थ्य अवस्थाका बारेमा बुझेर स्वास्थ्य उपचारका लागि स्वास्थ्य चौकी जान र सजग गराउन समेत आग्रह गरिएको छ ।
विद्यालयको विभिन्न विषयमा गरिएको अनुगमनमा विद्यालयको कमी कमजोरीलाई सच्चाउदै राप्ती गाउँपालिकाले गर्नुपर्ने अति आवस्यक सहयोगका वारेमा छलफल गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















