अमेरीका । आगामी अक्टोवर १३–१६ सम्म काठमाडौंमा हुने गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद को निर्वाचनमा नेपाली काँग्रेसले आफू निकटकोलाई जिताउन जिपी कोइराला फान्डेशनलाई परिचालन गरिएको छ । पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको नाममा स्थापना भएको सामाजिक संस्थालाई निश्चित पार्टीको स्वार्थ पूर्तिमा प्रयोग भएकोमा सबै आश्चर्य भएको छ ।
जिपी कोईराला फाउन्डेसनको तर्फबाट केन्द्रीय अध्यक्ष सुजता कोईरालाले प्रचार प्रसार समितिको प्रमुखमा सोमनाथ घिमीरेलाई नियुक्ति गर्नु भएको थियो ।
नेपाली काँग्रेका केन्द्रीय समेत रहेका अध्यक्ष कोइरालाले निर्वाचन परिचालन संयोजक मात्र होइन ५ जनाको चुनाब प्रचार प्रसार समिती समेत गठन गरेको छ । सदस्यहरुमा चित्र के. सि संयुक्त अरब इमिरेट, निर्मला थापा मगर मकाउ, कुमार कार्की, जापान, रमेश चतकुलि अष्ट्रेलिया, डा अग्नि राज कोइराला दझिण कोरिया रहेका छन् ।
फाउन्डेशनको नाममा प्रेस विज्ञप्ति नै निकाले काँग्रेस समर्थकहरुलाई पूर्ण रुपमा सहयोग गर्न र विजय हासिल गराउन भूमिका खेल्न निर्देशन नै जारि गरिएको छ ।
यस्तो छ प्रेस वक्तव्यः
यही आउदो अक्टोवर १३–१६ सम्म काठमाडौंमा हुने गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद को निर्वाचनमा सक्षम, सबल र गैर आवसिय नेपालीहरु को हक–हित तथा दोहरो नागरिकताको अधिकार प्राप्तका लागि लडने उम्मेदवारहरुलाई निर्वाचनमा सहमति र सहकार्य गर्दै विश्व भरी छरीएर रहेको जिपी कोईराला फाउन्डेसनको तर्फवाट केन्द्रीय अध्यक्ष सुजता कोईरालाले प्रचार प्रसार समितिको प्रमुखमा मलाई नियुक्ति गर्नु भएको यहाँहरु सबैलाई अवगत नै छ ।
गीरीजा प्रसाद कोइराला फाउण्डेशनसँग आवद्ध भएर कार्यहरु गरिरहनु भएका सबै सदस्य महानुभावहरुलाई एक भएर यस चुनावी अभियानमा सहयोग गर्न केन्द्रीय अध्यक्ष सुजता कोइरालाले आव्हान गर्नुका साथै मलाइ ५ सदस्य चुनावी प्रचार प्रसार समीती वनाएर काम शुरु गर्न पनी आग्रह गर्नु भएको हुँदा आजका दिनवाट नै जिपी कोईराला फाउन्डेसन चुनाव प्रचार प्रसार समीती गठन गरेको यसै विज्ञप्ति मार्फत घोषणा गर्दछु । मलाई यो जिम्मावारी दिनु भएकोमा केन्द्रीय अध्यक्ष माननीय सुजता कोइरालालाई धन्यवाद प्रकट गर्दै यस अभियानलाइ सफल बनाउन हामी कटिबद्ध छौं ।
जय एन आर एन ए
चुनावि प्रचार प्रसार समीतीस्
१. सोमनाथ घिमिरे, प्रमुख
२. निर्मला थापा मगर (मकाउ)
३. कुमार कार्की (जापान)
४. रमेश चतकुलि (अष्ट्रेलिया)
५. डाक्टर अग्नि राज कोइराला (दझिण कोरिया)
सोमनाथ घिमीरे
६. चित्र के.सि. (संयुक्त अरब इमिरेट)
सोमनाथ घिमीरे
अध्यक्ष
जिपी कोईराला फाउन्डेसन अमेरीका
तथा
प्रमुख चुनाव प्रचार प्रसार समिति
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।