बनेपा । १५ वर्षिय कक्षा १० मा अध्ययनरत ब्लब क्यान्सर पिडित नवाङ लामाको देश–विदेशबाट सहयोग गर्ने क्रम जारी रहेको छ । नवाङको करिब १२ देखि १७ लाख रुपैयाँ पैसा भए उनले नयाँ जीवन पाउने छ ।
यतिखेर नवाङलाई नयाँ जीवन दिन चाहने सहयोगी मनहरुले सहयोग गर्ने क्रम जारी रहेको छ । यसैक्रममा वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका मिलन जिम्बा, हरि जिम्बा र भक्त जिम्बाको नेतृत्वमा सहयोग रकम संकलन भएको छ । मलेसियाबाट उनीहरुले ६२ हजार ९० रुपैयाँ संकलन गरि नवाङ मोक्तान बचाऔं अभियानको कृषि बिकास बैंक, बनेपा शाखामा रहेको खातामा जम्मा भएको छ ।
पछिल्लो समयमा सहयोग गर्ने महानुभवहरुः
१. उतम मोक्तान मिहाभारत–३ (हाल अस्ट्रेलिया) १५,०००।
२. सुनिता जिम्बा, महाभारत–२ (हाल कुबेत) ५,०००।
३. दरि माया जिम्बा (महाभारत–२ (हाल युरोप) ५,०००।
४. ज्ञानकुन्ज कलेज, बनेपा . ११,८२५।
६. बौद्ध स्तुपामा संकलित .२३,०९०।
७. बनेपामा संकलितलित. ५०,२००।
८. साँगामा संकलित.रु. १४,८००।
जम्मा रु. १,२४,९१५।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।