बनेपा । काभ्रे जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित सांसद गंगाबहादुर तामाङले मुलुक भरि निर्माणको काममा ढिलाई हुनुको कारण कर्मचारी पनि रहेको खुलासा गरेका छन् । शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट निर्माण व्यवसायीहरुको संगठन एकता घोाषणा सभालाई सम्बोधन गर्दै सांसद तामाङ उक्त कुराको खुलासा गरेका हुन् ।
‘निर्माणको काम ढिला सुस्ती हुनुमा निर्माण ब्यबसायीलाई मात्र दोष दिने गरेको पाईएको छ ।’ उनले भने, ‘निर्माण व्यबसायीको मात्र कारण होइन, तालुकदार कर्मचारी पनि कारण हो । पहिलो कर्मचारीतन्बमा सुधार्नु पर्छ ।’
पार्टी एकतालाई मजबुत बनाउन र एकतालाई केन्द्रमा राखेर निर्माण व्यवसायीहरुले एकता घोषणा गरेकोमा सांसद तामाङले धन्यवाद समेत दिए । ‘पार्टी एकता हुन नसकिरहेको अबस्थामा निर्माण व्यबसायि साथीहरुले एकता गर्नु भएको छ ।’ उनले भने, ‘शुभकामना दिन चाहन्छु । पार्टीलाई पनि यो यथाशिघ्र एकताको लागि दबाब सिर्जना गरेको छ ।’
७७ वटा जिल्ला मध्य काभ्रेमा मात्र नेकपाको एकता घोषणा गर्न बाँकी छ ।






















