काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का काभ्रे जिल्ला इन्चार्ज एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सबैभन्दा अयोग्यहरुले गुटको खोजी गर्ने बताएका छन् । नेकपा निकट निर्माण व्यवसायीहरुको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।
७६ वटा जिल्लामा पार्टी एकता टुंगेपनि काभ्रेमा गुटका कारण पार्टी एकता टुंगिन नसकेको गुनासो आएको भन्दै बाँस्कोटाले यस्तो जवाफ दिएका हुन् । ‘को कहाँको थियो भनेर अब हुनेवाला छैन । केही मतलब छैन । हिजो को कहाँ थियो ? गुटहरु सबै सकिसक्यो ।’ उनले भने, ‘सबैभन्दा अयोग्यहरुले सबैभन्दा बढी गुटको खोजी गर्छ । सबै १६ वर्षे भएर आउनुहोस् न । आँखा जुधाउने, आँखा घुर्ने पो हुनुहुँदैन ।’
पार्टी एकतामा समस्या कहाँ बाट आयो आधारभूत प्रश्नहरुबाट समस्याको समाधान खोज्नुपर्ने बताउँदै इन्चार्ज बाँसकोटाले सचेत मन र मस्तिष्कहरुले पार्टी एकता भएको कुरालाई हेक्का राख्न सुझाव समेत दिए ।

बाँस्कोटाले कार्यक्रममा पार्टी एकताकोबारेमा के बोले ?

यो यात्रामा कोही पनि छुटिन सक्दैन । सधैं चुनाब नहुने भन्ने हुन्छ ? बोल्सेविक पार्टीले गरेको गल्ती तिर हामीलाई लान्छ । अहिले योग्यता, भूमिका, योगदानको आधारमा जिम्मेवारी दिने हो ।
अहिले आम रुपमा सहमतिबाट हुन्छ । सहमतिबाट भएन भने तपाईं चढ्नुहोस या नचढुनुहोस् रेल गुट्छ । विधि र प्रक्रिया जे होस् त्यहीबाट समस्या समाधन हुन्छ । विधानले मात्र कम्युनिष्ट पार्टी चल्दैन । ब्यबहार जहिले पनि अगाडि हुन्छ । सिद्धान्त पछि बन्छ । व्यवहारले सिद्धान्त जन्माउछ । व्यवहारिक बन्नुपर्छ ।
म पार्टीको इन्चार्ज भएको २० दिन भयो २१ दिन भयो भन्ने गुनासो साथीहरुले गरेको सुने । त्यसो हो भने अध्यक्ष र सचिव भएको कति दिन भयो ? कति महिना भयो ? त्यसैले द्वन्दात्मक हिसाबले आलोचना गर्नुपर्छ । भूमिकाहरु परिभाषित छन्, पदहरु परिभाषित छन् त्यहीं अनुसार काम गर्नुपर्छ । इतिहासमा यस्तो एकता विरलै भेटिन्छ ।
नेतृत्वले दिनुपर्ने योगदान दिईसकेको छ । पार्टी एकताको लागि केपी ओली र प्रचण्डले दिनुपर्ने योगदान अब दिईसक्यो । अबको एकतामा कार्यकर्ताले दिने हो योगदान । बनाईदिई सके, टिकाउने अभिभारा हाम्रो काँधमा आयो । जिल्ला अध्यक्ष निर्देशक मात्र होइन, संगठक पनि हो । म इन्चार्ज निर्देशक मात्र होइन, मैले पनि केही गर्नुपर्छ ।
यस अघिका पनि कमिटिहरु छन् । भावनात्मक र व्यवहारिक हिसाबले जे सम्भव हुन्छ त्यसको लागि नेतृत्वको एउटा ‘लियर’ बस्ने । कार्यकर्ताको पनि भावनालाई आत्मसात गरेर पार्टी एकतालाई टुंग्याएर अगाडि बढ्नुहोस् । बढ्नुहुन्न भने तपाईंसँग कुनै विकल्प छैन, विधिले तपाईंलाई थिचेर जान्छ । यहाँ अनुहारको कुरा हुँदैन, पूर्व गुटको कुरा नि हुँदैन, भेगको कुरा पनि हुँदैन त्यो निर्माम हुन्छ ।
म इन्चार्ज हुँ अब हरेक गतिविधिको जानकारी पनि मलाई हुनुपर्छ, अध्यक्ष र सचिवले जानकारी पनि दिनुपर्छ, मैले पनि उहाँहरुलाई उचित सल्लाह सूझाव र नेतृत्व दिनुपर्छ ।
पार्टी अफिसमा म आफू दिन छुट्याएर उपस्थित हुन्छु । कार्यकक्ष त्यहाँ रहन्छ मेरो । सबैलाई समेटेर लैजाने कुरा, व्यवस्थित बनाउने कुरामा सके जति त्यो म ‘म्यानेज’ गर्छु ।
पार्टी एकताकोबारेमा सबैबाट चिन्ता जाहेर भएको छ, मैले कुर्ने कुरा अरु पाँच सात दिन हुनसक्छ । त्यसको निमित्त अब अध्यक्ष र सचिव सित कुरा गर्नुपर्ने हुन्छ । कुर्ने भन्नाले मैले पनि कुर्ने उहाँहरुले पनि कुर्ने केही छलफलको जुरुरत हुन्छ ।
अब ठीक ढंगले अगाडि बढ्न सकेन भने इन्चार्जको दोष इन्चार्जले लिनुपर्छ, अध्यक्षको दोष अध्यक्षले र सचिवको दोष सचिवले लिनुपर्छ । संकीर्नताको सँघुरो दायराबाट उम्किनुहोस् ।
लौ हेर्नुहोस् भिडियोः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।