काभ्रे । काभ्रेबाट निर्वाचित प्रदेश सांसद चन्द्रलामाले जनप्रतिनिधि भएपछि कमरेड भन्ना नपाएको बताएका छन् ।
नेकपा निकट निर्माण व्यवसायीहरुको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले धेरै दिनपछि पार्टीको कार्यक्रम भएकोले बल्ला कमरेड भन्ना पाएको बताए । ‘कमरेड भन्नै नपाएको २ वर्ष भयो ।’ उनले व्यंग्य गर्दै भने, ‘कमरेड शब्दको सार्थकता बुझ्नपर्छ । बुझेपछि यस्तो हुँदो रहेछ ।’
उनले निर्माण व्यवसायीहरुलाई व्यवसायी मात्र नठान्न अनुरोध समेत गरे । ‘व्यबसायी मात्र होइन हामी कम्युनिस्ट कार्यकर्ता हौ ।’ सांसद लामाले भने, ‘राष्ट्रनिर्माणमा इमान्दरभएर लागौं । समृद्ध नेपाल, सुखी नेपाली नारालाई सार्थकता हामी निर्माण व्यवसायीहरुले तुल्याउन आवश्यक छ ।’
लामाले जिम्मा लिएको काम ‘होल्ड’ नगर्न सबैमा अनुरोध गर्दै काम समय सिमा भित्र सकाउन आग्रह समेत गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















