काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट निर्माण व्यबसायी संगठनको एकता घोषणा भएको छ । आज (शनिबार) बनेपामा आयोजित एकता भेलाले प्रल्हाद चौंलागाईंको नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ ।
समितिको अन्य पदाधिकारीहरुमा सह–संयोजकमा सुदिप गौतम र देवराज लामा, सचिवमा विश्वमणी धिताल र नरबहादुर वाइवा, कोषाध्यक्षमा टिकाबहादुर तामाङ चयन भएका छन् । समितिको सदस्यहरुमा केसरमान तामाङ, स्वस्तिक व्याञ्जू, प्रेम तामाङ, मुकुन्द तिमल्सिना, आनन्द वल, नारायण गौतम, रामेश्वर थापा, विकास लामा, संञ्जय लामा, राकेश श्रेष्ठ र नरेश घिसिङ रहेका छन् ।

एकतापछि संगठनको नाम नेपाल निर्माण व्यवसायी संगठन नामकरण गरिएको छ । कार्यक्रमको आयोजना नेपाल निर्माण व्यवसायी संगठन प्रदेश ३ ले गरेको थियो ।
कार्यक्रममा काभ्रेका नेकपा निकट निर्माण व्यबसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन सञ्चार तथा सूचना प्रविधी मन्त्री तथा नेकपा काभ्रेका इन्चार्ज गोकुल बाँस्कोटाले गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभाका सांसद गंगाबहादुर तामाङ, नविना लामा, प्रदेश सांसदहरु रत्न ढकाल, चन्द्र लामा, बसुन्धारा हुमागाईं र लक्ष्मण लाम्साल लगायतले सहभागीता जनाएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















