काभ्रे । प्रदेश ३ का सांसद रत्न ढकालले सदनमा आफू एक्लै भएपनि नेवा–ताम्सालिङ नछोडिने प्रतिबद्धता जााहेर गरेका छन् । फोनिज काभ्रे र तामाङ पत्रकार संघ, काभ्रेले आयोजना गरिएको ‘प्रदेश ३ को नामकरणः प्रस्तावित नेवा–ताम्सालिङ’ विषयक अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै सांसद ढकालले उक्त कुरा बताएका हुन् । कार्यक्रम फोनिजको २० औं स्थापना दिवस र २५ औं तामाङ प्रसारण दिवसको अवसरमा आयोजना गरिएको थियो । प्रदेश ३ को नामकरण नेवा–ताम्सालिङ राख्दा यहाँका अन्या जाति समुदायले कुनै पनि दमन खेप्नु नपर्ने स्पष्ट पारे ।
‘सदनमा म एक जना मात्र भ पनि नेवा–तामसालिङ छोडिन्न । अन्तिमसम्म यसको विषयमा बहस गरेर अगाडि बढ्ने छु ।’ सांसद ढकालले भने, ‘यो प्रदेशको नाम नेवा–ताम्सालिङ हुँदा दमन हामीले खेप्नुपर्दैन । डराउनुपर्दैन, आत्तिनु पर्दैन ।’ प्रदेश ३ बाट संविधानमा व्यवस्था भएबमोजिमको नामकरण गरेर देखाउन लागेको तर कठिन भएको उनले बताए ।
संघीयतालाई नामकरणले पनि फरक पार्छ
संघीयतालाई बलियो र बजबुत बनाउने हो भने पहिचानको आधारमा नामकरण गरिनुपर्ने सांसद ढकालले प्रष्ट पारे । ‘हिजो धेरै प्रश्न उठेको थियो । संघियता आयो भने मुलुक टुक्रिने त होइन ? अनि अर्को राजतन्त्रले मात्र राष्ट्रिय एकता कायम गर्छ भन्ने पनि थियो ।’ उनले भने, ‘संघियतालाई बलियो बनाउनका लागि हामी लागिरहेका छौ । संघीयता र पहिचानले थप बलियो हुन्छ । त्यसैले नाम के राख्ने भन्ने बिषयले पनि फरक पार्छ ।’
भिडियाे हाेर्नुहाेसः
सजिलो छैन, दवाब चाहियो
प्रदेश ३ को नाामकरण नेवा–ताम्सालिङ राख्ने कुरा धेरै गाह्रो भएको ढकालले बताए । ‘त्यति सजिलो चाहिँ पास हुने अबस्थ छैन । दबाब बढाएन भने पास हुने अबस्थामा छैन ।’ उनले भने, ‘खास गरि नेतृत्वमा रहेकाहरुले गर्नुपर्ने हुन्छ ।’ सार्बभौम सांसदले निर्णय गर्ने प्राब्धन संविधानमा भएपनि अधिकार प्रयोग गर्न नपाएकोमा गुनासो समेत जाहेर गरे । ‘संसदीय दलको नेतासँग हामीले कुरा गर्दा ‘हामीलाई माथिबाट स्पष्ट निर्देशन आको छैन’ भन्ने जवाफ आएकोले पार्टी नेतृत्व नै यसमा जिम्मेवार छ ।’ उनले भने ।
काभ्रेमा राजधानी ल्याउन पार्टीको व्हीप पनि तोड्छौं
एक अर्को प्रसंगमा प्रदेशको राजधानी जसरी भएपनि काभ्रेमै ल्याउने प्रयत्न भएको बताएका छन् । काभ्रे बाहेक अरु ठाउँमा राजधानी बनाउने पार्टीले व्ही जारी गरे व्हीप तोड््ने बताए । ‘संघियताको मूल मर्म जनतालाई दुःख दिनु हो र ? सिह दरबर खोज्न दोलखाको मान्छे हेटौंडा खोज्न जाने ।’ उनले भने, ‘बरु ह्विप तोड्छौं काभ्रे बाहेकको लागि राजधानी मानिन्न । नेतृत्वको ह्विप मान्दैनौं । फरक ढंगले प्रस्तुत हुन्छौं ।’ पछिल्लो समयमा मुख्य मन्त्री डोरमणि पौडेलले दिएको अभिव्यक्ति प्रति आक्रोशित हुँदै सांसद ढकालले कुतर्क नगर्न मुख्यमन्त्रीलाई अनुरोध गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















