बनेपा । काभ्रेमा प्रदेश ३ को ‘नामकरणः प्रस्तावित नेवा–ताम्सालिङ’ विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । फोनिजको २० औं स्थापना दिवस तथा २५ औं तामाङ प्रसारण दिवसको उपलक्ष्यमा आइतबार बनेपामा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अयोजना नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), काभ्रे र तामाङ पत्रकार संघ, काभ्रेले गरेको थियो ।
कार्यक्रमका उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ बमध्वजले संविधानको मूल मर्म अनुसार प्रदेश ३ को नामकरण नेवा ताम्सालिङ हुनुपर्नेमा जोड दिए । उनले सद्भावपूर्ण वातावरण हुनुपर्ने, पहिचानका लागि भाषा संस्कृतिको संरक्षण गरि सबैलाई एउटै सुत्रमा बाध्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश सांसद रत्न ढकाल, नेकपा नेता इन्द्रबहादुर थिङ, नेकपा (क्रान्तिकारी माओवादी) का नेता कान्छाराम तामाङ, पत्रकारहरु हिरामान लामा, मोतिराम तिमल्सिना, पेमा लामा लगायतले शुभकामना मन्तब्य राखेका थिए । भने कार्यपत्र प्रस्तुत पत्रकार ग्याम्जो थोकरले गरेका थिए । कार्याक्रमको अध्यक्षता फोनिज काभ्रेका अध्यक्ष शिशिर दोङले गरेका थिए भने स्वागत मन्तव्य तामाङ पत्रकार संघ काभ्रेका उपाध्यक्ष अञ्जली तामाङले तथा सञ्चालन तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष जगत तामाङले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।