काठमाडौं । तामाङ पत्रकार,समाजिक संस्था र नागरिक समाजको एउटै सोच,समृद्ध तामाङ समुदाय निर्माणमा हाम्रो जोड।भन्ने मुल नाराका साथ २५ अाैं तामाङ प्रसारण दिवस तथा रजत जयन्तीको अवसरमा समृद्ध तामाङ समुदाय निर्माण एक दृष्टिकोण बारे प्रशिक्षक कार्यक्रम भएको छ।
नेपाल राष्ट्रिय तामाङ घेदुङको अायोजनामा बाैद्व स्थिति होटेल एंग्रिमाग्रिमा हिल सिटीमा प्रदेश नं ३ का संसद माननीय हिमाली तामाङको प्रमुख अतिथ्यामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
वरिष्ठ प्रशिक्षक बुद्धि तामाङद्वारा तामाङ समुदायको लागि तामाङ ज्ञान एवम् तामाङ भाषा, संस्कृति, आर्थिक,राजनीतिक र समाजिक बारे विशेष प्रशिक्षण दिएको थियो । तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकर नेपाली कांग्रेसको कान्छाराम तामाङ, अाशा लामा,लगायतको अतिथिहरुले शुभकामना मन्तव्य राखेको थियो ।
कार्यक्रममा सहभागीहरुलाई अलि रोचक तरिकाले अायोजकबाट प्रमाणपत्र मायाको चिनो र बुद्धचित्ता माला वितरण गरिएको थिए।भने नेपाल राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीर बहादुर योञ्जनले सभापतित्वमा भएको थियोे भने संस्थाका महासचिव प्रविन लामा बलले सञ्चालन गरिएको थियोे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















