बनेपा । काभ्रेको बनेपा नगरपालिका–११ का सव–इन्जिनियर आकाश श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।
श्रेष्ठले २०७२ सालको भूकम्पले पूर्ण क्षति भएको घर निर्माणको लागि सरकारले प्रदान गरेको राहतको किस्ता रकम निकासीको लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा लागेको छ ।
श्रेष्ठले सेवाग्राहीसँग २५ हजार घुस वापतको रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई बनेपा नगरपालिका वडा नं–८ नाला दोबाटोस्थित द किचन भान्साघर एण्ड रेस्टुरेन्टबाट रंगेहात पक्राउ गरेको हो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















