बनेपा । काभ्रेपलान्चोक जिल्ला महाभारत गाउँपालिका–१ छोटेसाहनका १५ बर्ष कक्षा १० मा अघ्ययनरत ब्लड क्यान्सर पिडित बालक नवाङ मोक्तानलाई देश विदेशबाट सहयोग गर्ने क्रम जारी रहेको छ ।
नवाङलाई उपचारको लागि करिब १२ देखि १६ लाख रुपैयाँ पैसा भए नयाँ जीवन पाउने छ । यति खेर नयाँ जीवन दिन चाहने सहयोगी मनकारी महानुभावहरु सहयोग गर्ने क्रम जारी रहेको छ । यसै क्रममा वैदेशिक रोजगारीको सिलसिलामा जोर्डन रही महाभारत–२, अमलवासकी गंगा माया बोम्जन (मासक्रिडा अल सफी कम्पनीका साथीहरु)बाट ४७ हजार ५ सय ६१ रुपैयाँ संकलित रकम नवाङ मोक्तान बचाउ अभियान समिति को कृषि विकास बैंकको खातामा जम्मा भएका छ । यसै गरी ने.क.पा. निकट निर्माण व्यवसायीहरुको एकता भेलाबाट ३०हजार रकम संकलन भएको छ ।
पछिल्लो समय सहयोग गर्ने महानुभवहरु
१. निकेश मोक्तान महाभारत–१, छोटोसाहन ६ हजार ३ सय ६५ (हाल साउदी अरब)
२.समिर थिं महाभारत–१ छोटेसाहन ५ हजार ६२ रुपैयाँ ( हाल साउदी अरब
३.सविन थिं ५ हजार ६२ रुपैयाँ (हाल साउदी अरब) गरी ९४ हजार ५१ रुपैयाँ जम्मा भएको अभियानले जानकारी दिएको छ ।
हालसम्ममा ४ लाख ६० हजार रुपैयाँ रकम संकलन भइसकेको नवाङ मोक्तान बचाऔं अभियानका अभियन्ता रेशम योञ्जनले तेमाल अनलाईनलाई जानकारी दिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।