दुध लोप्चन डिबी,
दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाको बर्ष २०१९-२१ कार्यकालको लागि पन्जिकृत सदस्यता आबेदन दर्ता अनलाईनमार्फत खुल्ला गरिएको अन्तिम मितिमा ४ दिन म्याद थप गरिएको छ ।
आइतबार आकस्मिक बसेको कार्यसमितिको बैठकले अगष्ट २२ तारिख बेलुकी ६ बजेसम्म भर्न सकिने निर्णय गरिएको गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी गुरूङ जानकारी दिनुभयो । साथै समयमै सदस्यता लिइ अधिवेशनलाइ सफल पारिदिनु हुन कोरियावासी नेपालीहरूमा अपिल समेत गर्नुभयो ।
एनआरएनए कोरियाको सदस्यता नविकरण तथा नयाँ सदस्यताको फारम भर्ने मिति २०१९ को जुन महिनाको २९ देखि अगष्टको १८ तारिखसम्म अन्तिम मिति निर्धारण गरिएको थियो ।
यतिखेर एनआरएनए कोरियाको अधिवेशनको नेपाली कोरियावासी नेपालीहरू, सञ्चारमाध्यमहरूमा चर्चाले कोरियाको माहोल एनआरएनएमय भइरहेको छ । एनआरएनएको नेतृत्व कसले पाउला ? के वर्तमान नेतृत्व फेरि दोहोरिएला? का अधिवेशनको माहोल कस्तो होला ? मजदुरहरूले मजदुरमैत्री नेतृत्व पाइएला र ? जस्ता बिषयले प्रथामिकता पाइरहेको छ ।
यसले एकातिर आकांक्षीहरूले आफ्नो उम्मेदवारी घोषणा गर्ने सङ्ख्या दिनादु बढिरहेको छभने सदस्यता लिनेहरूको सङ्ख्यामा पनि बृध्दि हुदैं गइरहेको छ ।
एनआरएनए कोरियाको क्षेत्रीय अधिवेशनहरू भैरहेको छ । आइतबार सम्पन्न भएको अधिवेशन अध्यक्षमा ख्याङ्साङ क्षेत्रबाट बेलमान थापा र ख्याङगी इन्छन क्षेत्रबाट लक्ष्मी खरेल सर्वसहमतिले निर्वाचित भएका छन् ।





छेजु र छन्लाको क्षेत्रीय अधिवेशन पनि छिट्टै हुने एनआरएनए कोरियाको सचिब केशब थापाले जानकारी दिनुभयो ।
गैर आवासिय नेपाली संघ (NRNA-NCC) दक्षिण कोरियाको सेप्टेम्बर २१ र २२ साताैं महाधिवेशनका हालसम्म घोषित उम्मेदवारहरुको नामावली:
क) आईसिसि सदस्य उम्मेदवारः
१. लक्ष्मी गुरुङ
२. ओम जुग्जली
ख) अध्यक्ष उम्मेदवारः
१. बिपिन गुरुङ
२. बुध्दी गुरुङ
३. यज्ञराज सुबेदी
ग) बरिष्ठ उपाध्यक्ष उम्मेदवारः
१. अमृत राई
२. जीवन थापा
३. शिव रेग्मी
४. डम्बर सुब्बा
घ) उपाध्यक्ष उम्मेदवारः
१. सोम तामाङ
२. सञ्जिव राई
३. यदु लामिछाने
४. ईश्वर रोकाया
५. अम्बिका पार्क
ङ) महासचिव उम्मेदवारः
१. बिमल सुबेदी
२. धर्मराज जोशी
३. भिमराज चेम्जोङ
च) सचिव उम्मेदवारः
१. सन्तोष कुमार राई
२. किशोर कोईराला
३. रोशन भट्टराई
४. टंक गौतम
५. मनोज गौतम
छ) कोषाध्यक्ष उम्मेदवारः
१. राजेन्द्र दुलाल
२. चन्द्र राणा
ज) सदस्यः
१.
झ) युवा संयोजकः
१. पदम राइ
२. टिका थेगिम
३. भेषराज दहाल
ञ) महिला संयोजकः
१. ज्योति नेपाली
२. शुभद्रा पालुङवा
हालसम्म ११ सय ९४ जनाको पन्जिकृत सदस्यता आवेदन स्वीकृत (Approved) पुगेकोले पनि अन्तिम समयसम्ममा २ हजारभन्दाबढीले सदस्यता फारम भर्ने अनुमान गर्न सकिन्छ ।

























