काठमाडौं । नेकपा सचिवालयको आइतबार साँझ बसेको बैठकले दुई अध्यक्षपछिको दोश्रो वरियतामा वरिष्ठ नेता झलनाथ खनाल रहने निर्णय गरेको छ । बैठकले वरिष्ठ नेता माधव नेपाललाई खनालपछिको वरियतामा राख्ने निर्णय गरेको हो ।
सचिवालयको बैठकपछि जानकारी दिँदै नेकपा प्रचार विभाग प्रमुख नारायण काजी श्रेष्ठले नेताहरुको वरियतासँगै सांगठानिक एकताका बाँकी विशेष क्षेत्र र जन वर्गीय संगठनका इन्चार्ज तोक्ने निर्णय गरेको जानकारी दिए ।
बैठकले उपत्यका विशेष कमिटीको इन्चार्जमा लिलामणि पोखरेल, युवा तथा विद्यार्थी विशेष कमिटीको इन्चार्जमा माधव ढुंगेल, मजदुर विशेष जिल्ला कमिटीको इन्चार्जमा विना श्रेष्ठ, पेशागत महासंघको इन्चार्जमा केशव नेपाल, उद्योगी व्यवसायी विशेष कमिटीको इन्चार्जमा पार्वत गुरुङ, केन्द्रीय सम्पर्क समन्वय कमिटीको इन्चार्जमा छविलाल विश्वकर्मालाई तोकिएको प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए । बैठकले इन्चार्जसँगै विशेष कमिटी, जन वर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका सहइन्चार्ज तथा अध्यक्ष र सचिवहरूसमेत टुंगो लगाएको छ ।
बैठकले यसअघि किसान संगठनको अध्यक्ष भएका नेता बामदेव गौतम संगठन विभाग प्रमुख बनेपछि अध्यक्षको जिम्मेवारी हेरफेर गरेको छ । बैठकले किसान संगठनको अध्यक्षको जिम्मेवारी हरि प्रसाद पराजुलीलाई दिने निर्णय गरेको छ । पराजुली यसअघि उपाध्यक्ष थिए ।
यस्तो छ जिम्मेवारी
उपत्यका विशेष कमिटी
इन्चार्ज – लिलामणि पोखरेल,
सहइन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल
अध्यक्ष – राजन भट्टराई
सचिवमा – लेखनाथ न्यौपाने
युवा तथा विद्यार्थी विशेष कमिटी
इन्चार्ज – माधव ढुंगेल,
सहइन्चार्ज – कृष्ण केसी,
अध्यक्ष – रमेश मल्ल र
सचिव – सुनिता बराल
मजदुर विशेष जिल्ला कमिटी
इन्चार्ज- विना श्रेष्ठ,
सहइन्चार्ज -कुमार पौडेल,
अध्यक्ष -जगत सिंखडा
सचिव -नरनाथ लुइटेल
पेशागत
इन्चार्ज – केशव नेपाल,
सहइन्चार्ज -प्रमेख खनाल,
अध्यक्ष – प्रेम पराजुली
उद्योगी व्यवसायी विशेष कमिटी
इन्चार्ज – पार्वत गुरुङ,
सह इन्चार्ज – शशी श्रेष्ठ
सचिव- चन्द्र रिजाल
केन्द्रीय सम्पर्क समन्वय कमिटी
इन्चार्ज- छविलाल विश्वकर्मा
सह इन्चार्ज – डिलाराम आचार्य, झक्कु सुवेदी
ट्रेड युनियन महासंघ
इन्चार्ज – जयपुरी घर्ती
सहइन्चार्ज – विनेाद श्रेष्ठ
किसान
इन्चार्ज – बामदेव गौतम
सहइन्चार्ज- सुनिल मानन्धर
महिला
इन्चार्ज- गोमा देवकोटा
सहइन्चार्जमा – कमला रोक्का
विद्यार्थी
इन्चार्ज -हितमान शाक्य
सहइन्चार्ज -विनोद ढकाल
वुद्धिजिवी
इन्चार्ज – अग्नि सापकोटा
सहइन्चार्ज – टंक कार्की
पेशागत महासंघ
इन्चार्ज- पम्फा भुसाल
सहइन्चार्जमा – विश्वनाथ प्याकुरेल
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















