काभ्रे । जिल्लको सबैभन्दा पूरानो क्याम्पस काभ्रे बहुमुखी क्याम्पसले राष्ट्रिय स्तरको मान्यता प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगले तोकिएको मापदण्ड पूरा गरेपछि काभ्रे क्याम्पसले राष्ट्रिय मान्यता पाएको हो ।
सोमबार काभ्रे बहुमुखी क्याम्पसले आयोजना गरेको पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख केजी बैदरले जानकारी दिएका थिए । बैदरका अनुसार विश्वविद्यालय अनुदान आयोगको ८ वटा मापदण्ड पूरा गरेको छ । बैदरद्वारा प्रेसित विज्ञप्तिमा नीति तथा कार्यविधिहरु, पाठ्यक्रम, शिक्षण सिकाई तथा मुल्यांकन पद्धति, अनुसन्धान, परामर्श तथा विस्तार सेवा, पूर्वाधार तथा सिकाई श्रोतहरु, विद्यार्थी सहयोग तथा परापर्श सेवा, सूचना प्रणाली र सार्वजनिक सूचना सम्प्रेशनहरुमा उल्लेखिनीय सुधारहरु जस्ता मापदण्ड पूरा गरेको छ । राष्ट्रिय स्तरको मान्यता पाएका क्याम्पसहरु नेपारभर जम्मा दुई दर्जन जति मात्र छन् ।

क्याम्पसले यो मापदण्ड पूरा गरेपछि BBA, BHM, BSC (CSIT), BE लगायतका कार्यक्रमहरु सञ्चालन गर्न सक्ने शिक्ष्ोक एवं प्राज्ञिक आधारहरु निर्माण भएको छ ।

अब क्याम्पसलाई ४० रोपनी जग्गा आबश्यकता

क्याम्पस प्रमुख बैदारका अनुसार BBA, BHM, BSC (CSIT), BE लगायतका कार्यक्रमहरु सञ्चालन गर्न ४० रोपनी जग्गाको आबश्यकता भएको छ । उनले धुलिखेल नगरपालिका, पनौति नगरपालिका र बनेपा नगरपालिकालाई जग्गा उपलब्ध गराउन अनुरोध गरेको बताए ।

सार्वनिक पुस्तकालय बनाउने

क्याम्पसमा रहेको जनमत वांगमय पुत्सकालयलाई सार्वजनिक पुस्तकालय बनाउने क्याम्पसले निर्णय गरेको । ‘क्याम्पसे हाललाई क्याम्पसको के.एन. ब्लकमा इलाइब्रेरी सहितको ‘जनमत वांगमय पुस्ताकलय’ सञ्चालन गरेको छ । छिट्टै यस पुस्तकालयलाई सार्वजनिक पुस्तकालयको रुपमा सञ्चालन गरिने व्यहोरा जानकारी गराउँदछु ।’ विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ प्रेस विज्ञप्ति

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।