रामेछाप । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जिल्ला रामेछाप अब पूर्णरुपमा उज्यालो हुनेभएको छ ।
घिसिङको पहलमा विद्युतिकरण हुन बाँकी रहेका क्षेत्रमा धमाधम विद्युतिकरण भएपछि रामेछाप अब पूर्णरुपमा उज्यालो हुने भएको हो । विद्युतीकरण हुन बाँकी रहेको क्षेत्रमा हाल धमाधम विद्युतीकरणको काम भइरहेको छ ।
आगामी एक वर्षभित्र रामेछापको ८ स्थानीय तह र ६४ वटामा विद्युतीकरण गर्नको लागि बजेट विनियोजन भएर काम भइरहेको कार्यकारी निर्देशक घिसिङलाई बताए । उनले भने, ‘रामेछाप जिल्लामा मात्र होइन, अब देशको सबै कुना काप्चामा विजुली बल्छ ।’
प्राधिकरणले रामेछापको विद्युतीकरण हुन बाँकी रहेको क्षेत्रमा विद्युतीकरण गर्नको लागि गत बर्ष २७ करोडको टेन्डर गरेर हाल काम गरिरहेको छ । प्राधिकरणले एक बर्षको अवधिमा रामेछाप जिल्लालाई पूर्ण रुपमा विद्युतीकरण गरिसक्ने लक्ष्य राखेको विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीलाई बताए ।
उनका अनुसार रामेछाप जिल्लामा हाल विद्युत प्राधिकरणको ग्राहको संख्या २६ हजार पुगेको छ । यो संख्या सामुदायिक विद्युतीकरण बाहेकको हो । यस बर्षमात्र ६ हजार विद्युत प्राधिकरणको ग्राहक थप्न सफल भएको प्राधिकरणले काठको पोल विस्थापित गरेर स्ट्रीलको पोल राख्न सफल भएको छ ।
‘एक बर्षको अवधिमा रामेछापमा ५२ वटा नयाँ ट्रान्फर्मर जडान गरिएको छ, २१ वटा ट्रान्फर्मर अपडेट गरेका छौं ।’ प्रमुख अधिकरीले भने । हाल रामेछापमा विद्युत प्राधिकरण र वल्ड बैंकको सहयोगमा विद्युतीकरणको काम भइरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।