चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका तीन जना पत्रकारहरुसँग बयान लिइएको छ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जनाको आज पनि बयान लिइएको हो ।
लामिछाने सहित तीनै जनालाई सुटुक्क सरकारी वकिलको कार्यालय पुर्याइ आज बयान लिइएको थियो । अदालतले थपेको पाँच दिनको आज अन्तिम दिन भएकाले तीनै जनाको बयान लिइएको हो ।
सोही वयानका आधारमा प्रहरीले जिल्ला अदालत चितवनमा मुद्दा दर्ता वा म्याद थपका लागि पेस गर्नेछ । आज निषेधित क्षेत्र जारी गरेकोले प्रहरीलाई सरकारी वकिलको कार्यालय लैजान सहज भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।