काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका वडा नं. ८ भट्टेडाँडामा रहेको एक होटल सञ्चालकको छोरा झुण्डिएको अवस्थामा फेला परेको छ । उनी आफ्नै कोठामा तान्नमा प झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जानकारी दिएको छ ।
यसरी मृत फेला पर्नेमा भट्टेडाँडामा माउण्टेन मिरर होटल सञ्चालन गर्दै आएका सञ्चालकका ३० वर्षीय कान्छो छोरा राजेन्द्र अधिकारी हुन् ।
जिल्ला प्रहरी कार्यालय, धुलिखेलले विहान ११ बजे घटनाको सूचना पाएको थियो । सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले तन्नाको पासो लगाएर झुण्डिएको अवस्थामा मृतक अधिकारीलाई भेटेको थियो ।
मृतक अधिकारीको बनेपास्थित शीरमेमोरियल अस्पतालमा पोष्टमार्टम गरिएपछि आजै दिउँसो दाहसँस्कार गरिएको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















