चितवन । ‘रवि लामिछाने बचाउँ संघर्ष समिति’ का अध्यक्ष सरोज घिमिरेले राजीनामा दिएको घोषणा गरेका छन् । आज (सोमबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर अध्यक्ष घिमिरेले राजीनामा दिएका हुन् ।
संचारकर्मी शालिकराम पुडासैनी र अनुसन्धानका लागि न्यायिक हिरासतमा रहेका रवि लामिछानेका सम्बन्धमा स्वच्छ र निष्पक्ष छानविन होस् भनेर बचाउँ समिति गठन गरिएको थियो । अध्यक्ष घिमिरले शान्तिपूर्ण कार्यक्रमका लागि समिति गठन गरिए पनि व्यक्ति विशेषले आन्दोलनलाई विथोल्ने प्रयास गरेकोले समितिको औचित्य समाप्त भएको बताए ।
आन्दोलनको नाममा बेथिति र अराजक बढ्दै आएको थियो । यस अघि नेकपा चितवनले आफ्नै कुनै पनि कार्यकर्ता उक्त आन्दोलनमा सहभागी नहनु निर्देशन समेत जारी गरिएको थियो ।

प्रेस विज्ञप्तिः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।