रोशी । काभ्रे जिल्लाको रोशि गाउँपालिका वडा नं १, नारायणटारमा रहेको मिडल्याण्ड अंग्रेजी आवासीय मा. वि.ले प्रथम त्रैमासिक परीक्षा २०७६ को नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक सम्मान गरेको छ ।

अभिभावकहरु, विद्यार्थीहरु, शिक्षक कर्मचारीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा नर्सरी देखि कक्षा १० सम्म प्रथम, द्वितिय र तृतीय हुने छात्रा छात्रहरुलाई पुरस्कार वितरण गरेको थियो । कार्यक्रममा शैक्षिक सत्र २०७६ को असार सम्मको सबै शुल्क भुक्तानी गर्ने २० जना अभिभावकहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल महेन्द्र थिङले शिक्षाको गुणस्तरमा वृद्धि गर्न विगत २०६४ साल देखि हर तवरले सहयात्रीको भुमिकामा रहेका अभिभावकहरुलाई धन्यवाद दिए । साथै उनले अबको दिनमा शिक्षामा गुणस्तरको लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिदै उनले राम्रो नम्बर ल्याउने विद्यार्थीको लागि सुविधा दिने समेत घोषणा गरे । ‘नानीबाबुहरुमा पढ्ने र प्रतिस्पर्धात्मक भावना जगाउने उदेश्य स्वरुप आगामी परीक्षाहरुमा प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीहरुलाई मासिक शुल्कमा क्रमशः ५०५, ३०५ र २०५ छुट सुविधा प्रदान गर्ने घोषणा गर्दछु ।’ उनले भने ।
शिक्षक ईश्वार थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा भाईस प्रिन्सिपल अमृत लामा, विद्यालय संयोजक नरेन्द्र चन्द, अभिभावक बलराम के.सी. र जनक बोहराले पुरस्कार वितरण गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















