धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाले भूमिहिनहरुलाई जग्गा किनिदिने भएको छ । यसको लागि नगरपाकिलाले १ करोड बजेट विनियोजन गरेको नगरपालिकाका प्रवक्ता पुष्पराज राउतलले जानकारी दिए । नगरको ३० औं बैठकको निर्णयहरुकोबारेमा जानकारी दिंदै प्रवक्ता राउतले भूमिहिनलाई जग्गा खरिदको लागि अख्तियारी समेत दिएको बताए ।
बैठकले नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल पार्न धुलिखेल नगरपालिकाले समिति नै बनाएर व्यवस्थापन गर्ने निर्णय गरेको प्रवक्ता राउतले बताए । ‘नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहजीकरण तथा आयोजक समिति सदस्य मनोनयन गरिएको छ ।’ उनले भने, ‘समितिमा धुलिखेलका सबै होटल व्यवसायीहरु, पर्यटनसँग सम्बन्धित व्यक्तिहरुलाई समेटेर सबै वडाबाट सहभागी हुनेछ ।’
त्यसैगरि नगरसभाले पारित गरेको केही बजेटहरु समेत विनियोजन गरि कार्यन्वयनको लागि अख्तियारी दिएको राउतले जानकारी दिए । जस अन्तर्गत खानेपानीको लागि ४ करोड ५० लाख, भाषा तथा सँस्कृति मठमन्दिर पार्टी पौवा संरक्षणको लागि २० लाख, भूमिहिनको व्यवस्थापन गर्नका लागि १ करोड र पूर्वाधार विकासका लागि ३ करोड ४० लाख बजेट रहेको छ ।
प्रवक्ता राउतका अनुसार वडा विशेष अनुदान योजना अन्तर्गतको २ करोड रकम पनि वडाको भूगोल जनसंख्या र विकटतालाई आधार मानेर विनियोजन समेत गरकेो छ । राउतका अनुसार वडा नं. १ मा. १७ लाख ७८ हजार, वडा नं. २ मा २३ लाख ३८ हजार, वडा नं. ३ मा १२ लाख ३६ हजार वडा नं. ४ मा १२ लाख ६० हजार, वडा नं. ५ मा लाई ५ लाख ५८ हजार, वडा नं. ६ मा ७ लाख ९६ हजार, वडा नं. ७ मा १३ लाख १६ हजार, वडा नं. ८ मा २६ लाख ६८ हजार, वडा नं. ९ मा १८ लाख ७८ हजार, वडा नं. १० मा ९ लाख ८३ हजार, वडा नं. ११ मा लाई ३० लाख ७९ हजार, वडा नं. १२ मा २० लाख १० हजार विनियोजन गरिएको छ ।
बैठकले दक्षिण कोरियाको क्ष्ल्व्भ् ऋयगलतथ सँग अल्पकालीन कृषि कामदार संझौता गर्ने समेत निर्णय गरेको छ । जस अन्तर्गत १ सय जना कृषि तालिमको लागि कोरियामा पठाउने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।