काठमाडौं । नेपाली सेनाले २५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को दरखास्त माग गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले रिक्त रहेको पदका लागि २५० जनाको माग गरेको हो ।
विभागको माग अनुसार १३१ जना खुला पदका लागि दरखास्त मागएिको हो भने ७ जना सैनिक परिवारका छोराछोरीका लागि कोटा छुट्याइएको छ । त्यस्तै २२ जना महिला, ३६ आदिवासी जनजाती, ३१ मधेशी, १७ दलित र ६ पिछडिएको क्षेत्र गरी २५० जनाको माग गरेको हो ।
दरखास्त दिने मिति भदौ ४ गतेदेखि असोज २ गतेसम्म दिन सकिने निर्देशनालयले जनाएको छ । दोब्बर दस्तुर तिरेर भने असोज ९ गतेसम्म दिन सकिने छ।
लौ हेर्नुहोस् सूचना

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















