सुनिता दोङ तामाङ
इराक । बैदेशिक रोजगारको सिलसिलामा इराक पुगेका महिलाहरुको सामाकजिक संस्था नेपाली एकता महिला समाज कुर्दिस्तान दुहोकले तीज विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । समाजको यो पहिलो तीज विशेष कार्याक्रम हो ।
“संस्कार र सँस्कृतिको सम्मान, हरेक नारीहरुको सुख–दुःखमा हाम्रो अभियान“ भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक रजनी लामाले जानकारी दिएकी छिन् ।
कार्यक्रम भदौ १३ गते शुक्रबार सिवेर हलमा हुने जनाएको छ । कार्यक्रममा विशेष सहयोगी प्रवासि नेपाली मञ्च दुहोक कुर्दिस्तान रहेको छ । विदेशमा रहेपनि नेपाली संस्कृतिलाई सम्बद्र्धन गर्नु नेपालीकोहरुको दायित्व भएकोले यो कार्यक्रमको आयोजना गरिएको संयोजक लामाले बताईन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























