पौडी खेल्ने
काभ्रे । इन्द्रावती खोलामा नुहाउने क्रममा एकजना बेपत्ता भएका छन् । आज (बुधबार) दिउँसो ३ बजे नुहाउन गएका जिल्ला सर्लाही गडैता न.पा. वडा नं. ११ माधवपुर बस्ने वर्ष २५ को राधेश्याम राउत गर्मि खोलाले बगाएर बेपत्ता भएका हुन्
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रेको भुम्लु गा.पा. वडा नं. १० स्थितमा रहेको ईन्द्रावति खोलामा गर्मि नुहाउन गएका थिए । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार प्रहरी चौकी दोलालघाटबाट प्रहरी टोली खटिइ गई खोजतलास गर्ने क्रम जारी रहेको छ ।
अहिलेसम्म पनि बेपत्ता भएका उनलाई फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।