तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आउने भएको छ । तेमाल क्षेत्रमा बिधुतिय चुलोको बजारमुखी प्रवर्द्धन कार्यक्रम अन्तर्गत बिधुतिय चुलो बितरण एवं शुभराम्भ कार्य उद्घाटन गर्न निर्देशक घिसिङ तेमाल आउन लागेका हुन् ।
तिमाल सामुदायिक ग्रामीण बिधुतिकरण सहकारी संस्था लिका अध्यक्ष सार्कीमा तामाङका अनुसार बिधुतिय चुलोको बजारमुखी प्रवर्द्धन कार्यक्रम घिसिङद्वारा उद्घाटन भएपछि पहिलो चरणमा ३ सय ८४ घर धुरीलाई बिधुतिय चुलो बितरण गरिने बताए ।
यो कार्यक्रम जिआईजेडरइन्डेभको आर्थिक सहयोगमा र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल, अजम्मरी बिकास फाउन्डेसनको साझेदारीमा सञ्चालन हुन लागेको तामाङले बताए ।
नेपाल सरकारको २०२२ सम्ममा सबैको भान्छालाई स्वच्छ बनाउने अभियानलाई सहयोग पुर्याउने उदेश्यले यो कार्यक्रम सञ्चालन गर्न लागेको उनले बताए । कार्यक्रम नारायणस्थान मा बि तेमाल–५, काभ्रेमा हुनेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















