मानिसहरु पत्थर यो कारणले पुज्छ की,
यहाँ बिश्वास गर्न लायक कोहि भेटिदैन ।
बिश्वास त इरेजर जस्तै रहेछ
हरेक गल्तिहरु सँगै
सानो सानो हुँदै जाने
बगिरहेको खोलाले ठूलो ठूलो ढुङ्गा काट्छ
त्यो उस्को शक्तिले होईन
उसको निरन्तरताले गर्दा हो ।
भगवानले जिन्दगी दियो
त्यो नै ठूलो कुरा हो
अरु त आफैलाई बनाउने र कमाउने हो ।
फुलको काम फुल्ने हो फुलिरन्छ
मेरो वास्नाको मुल्यांकन भएन भनेर कचकच गर्दैन ।
मानिसहरु तब राम्रो काम गर्छन्
जब उनिहरुलाई थाहा हुन्छ
मेरो गोल यानिकी लक्ष के हो
र मैले किन कृयट गरेको हुँ ।
जिन्दगिको भारी बोक्दा बल्ल थाह पाएँ
स्कुलको झोला त धेरै नै हलुको रहेछ ।
भनिन्छ नी ठूलो घरको छतबाट शहर देखिन्छ
कसैलाई के थाहा
झुपडिको आँगनबाट सन्सार देखिन्छ ।
शहरमा जन्मिएर रहरमा हुर्किएकालाई होईन
आँगनमा जन्मिएर थाङ्नामा हुर्किएकालाई सोध
जिन्दगिको अर्थ
जिवनको द्वार त एकदमै सिधा हुन्छ
तर जिवनको मार्ग अत्यन्तै घुमौरो रहेछ
हरेक मान्छे बिक्छ यहाँ
कति महङ्गो कत्ती सस्तो
त्यो उसको बाध्यताले तय गर्छ ।
सङ्गतले मान्छे बिग्रीन्छ रे !
खोइ सुन्तलाको बोट नजिकै फलेको तिते करेला
गुलियो भयो भन्ने त कहिल्यै सुनिदैन त?
बगैचा नजिकै उम्रेको उनिउमा फुल फुलेको त देखिएन त ?
संगत अनुसार कोहि परिवर्तन हुने भए
हिमालमा सँगै बसेको ढुङ्गा पनि पग्लिनेथ्यो ।
यो कलियुग हो महाशाय !
यहाँ घडी एउटालाई दिएर समय अर्कोलाई दिने चलन छ ।
सानो छदा सबैले सोध्ने गर्थे
ठूलो भएर के बन्न मन छ ?
जवाफ अहिले दिन मन लाग्छ
फेरि सानै हुन मन छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















