काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेकी श्रीमती निकिता पौडेलले कीर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी दिएकी छिन् । पुडासैनीको भिडिओ कीर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी दिएकी हुन् ।
पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, प्रेस काउन्सीलका कार्यबाहक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा बुधबार जाहेरी दिएकी छिन् ।
उनले कीर्ते गरेकोमा हदैसम्मको सजाय माग्दै तीन जनाविरुद्ध जाहेरी दिएको परिसरले जनायो । ‘जाहेरीमा उल्लेख भएका विषय हेरिरहेका छौं, के कसो गर्ने भन्ने निष्कर्षमा पुगेका छैनौं ।’ परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने ।
पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















