‘विप्लब संगठित आतंकवादी र सामाजिक फाँसीवादी’ –प्रवक्ता बाँस्कोटा
काठमाडौँ । सूचना प्रविधि तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले युट्युव लगायतका सामाजिक सञ्जालबाट दिग्भ्रमित पार्ने, उत्तेजना फैलाउने र अप्रिय घटना घटाउने सामग्री सम्प्रेषण हुने गरेको बताएका छन् । बिहीबार सञ्चार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले उक्त कुरा बताएका हुन् ।
‘प्रेस कार्ड पनि लिएका हुँदैनन् युट्युवरले, अस्ति धन्न यहाँ सिंहदरबारमा आत्महत्या भएको दिन आइपुगेनछन्, युट्युवर । यहाँ आइपुगेको भए के के हुन्थ्यो होला हेड्लाइन् ।’ बास्कोटाले भने, ‘अचम्मै हुन्थ्यो हो हल्ला, जुलुस धर्ना, को कस्का पक्ष, को कस्का बिरोधी भनेर उपद्रै भइसक्थ्यो । घटनालाई रहस्यमयल बनाईदिने, टाइटलहरु त्यस्तो हालिदिने । त्यो मिडियाको काम हैन ।’
मन्त्री बास्कोटाले अनुसन्धानलाई प्रभावित हुने तरिकाले यो ठीक हो, यो बेठीक हो भन्ने काम सामाजिक सञ्जालको नभएको उनको भनाइ थियो ।
‘भक्तपुरमा कसले कोसँग मिलेर आमालाई मारिन्, निर्मला प्रकरण, पुलिस जता जान्छ अर्कोतिर अपराधी छ भनेको छ, पुलिसलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न पनि दिँदैन । कि जुलुस कि धर्ना कि होहल्ला मच्चाइदिने काम भएको छ ।’ – उनले भने ।
सरकारले सूचना प्रविधि विधेयक संसदमा दर्ता गरेको मन्त्री बास्कोटाले जानकारी दिए । छिस्रिक्क केही भयो भने प्रजातन्त्रको दुहाई दिने, प्रेस खतरामा प¥यो भन्ने गरेको उनले बताए ।
उनले ठूला मिडिया हाउसमाथि पनि प्रश्न उठाउँदै मिडिया सामाजिक सञ्जालबाट प्रभावित भएर किन चल्दैछन् भनेर प्रश्न गरे ।
उनले सामाजिक सञ्जालबाट दिग्भ्रमित पार्ने, उत्तेजना फैलाउने र अप्रिय घटना घटाउने सामग्री हुन नहुने बताए । उनले नेपाली प्रेस जिम्मेवार, मर्यादित र भविष्यका लागि सबैभन्दा सचेत बन्नुपर्ने बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।