काभ्रे । जिल्ला सहकारी संघ लि ले जिल्लाभर रहेका सहकारी संस्थाहरुसँग विभिन्न विषयमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरकृया कार्यक्रममा सहकारी ऐन २०७४, नियमावली २०७५ तथा विभागद्धारा जारी गरिएका सूचना तथा परिपत्रका बिषयमा आधारित भई बहुउद्देश्यीय सहकारीमा देखिएका समस्या तथा चूनौती र समाधानका उपायहरु बिषयक एक दिने अन्र्तक्रियात्मक कार्यक्रम धुलिखेलका सम्पन्न गरेको हो ।
विहिबार (आज) सहकारी ऐन तथा कानूनमा बहुउद्देश्यीय सहकारी सञ्चालनका लागि देखिएका समस्याहरुका बारेमा कार्यपत्र प्रस्तुतकिरण सहित संस्थाहरुले भोलिका दिनमा के कस्ता उपायहरु अपनाउने र निर्णय गर्ने भन्ने बिषयमा आधारित भई उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।
राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमलाई पानसमा दीप प्रज्वलन गरी अगाडि बढाइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राष्ट्रिय सहकारी महासंघ लि का बरिष्ठ उपाध्यक्ष कँडेलले सहकारी ऐन २०७४, नियमावली २०७५ निर्माण गर्दाका बखत देखि नै आफू प्रत्यक्ष संलग्न रहेको र बहुउद्देश्यीय सहकारी संस्थाहरुका लागि महासंघले नजिकैबाट समस्या बुझिरहेको बताए । उनले उक्त देखिएका समस्या तथा समाधानका उपायहरुका लागि अभियानको तर्फबाट नियमनकारी निकायहरुसँग नजिकबाट छलफल गरिरहेको जानकारी गराए ।
संघका अध्यक्ष विनोद पराजुलीले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको औचित्य तथा उपादेयताका बारेमा जानकारी गराए ।
त्यसैगरि कार्यक्रममा कार्यपत्र सहकारी अभियन्ता तेजप्रसाद बजगाँईले सहकारी ऐन तथा नियमावलीमा भएका व्यवस्था तथा बहुउद्देश्यीय सहकारी संस्थाले गर्न सकिने बिषय र देखिएका समस्याका बारेमा स्पष्ट पारि कार्यपत्र प्रस्तुत गरेको थिए । कार्यक्रम जिल्ला सहकारी संघ लि का अध्यक्ष पराजुलीको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा जिल्ला सहकारी संघ लि का सल्लाहाकार मुकुन्दप्रसाद दाहालले सहकारीमा कर, प्यान तथा हाल देखिएका समस्या तथा समस्याका समाधानका उपायहरुका बारेमा आफ्ना धारणा राखेका थिए ।
जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष विधान जोशिको समेत सहभागिता रहेको थियो । ६१ जना भन्दा बढी बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेका थिए । कार्यक्रम सञ्चालन जिल्ला सहकारी संघ लि का सचिव दिलिप शर्माले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















