ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापतको झन्डै ८० लाख खर्च गरेका छन् । खाना खानमा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् ।
कुन तहको खाना खर्च कति:
मानेभन्ज्याङः २० लाख १४ हजार
खिजीदेम्बाः १९ लाख १९ हजार
सिद्धिचरणः १८ लाख ६९ हजार
चम्पादेवीः ११ लाख ३४ हजार
सुनकोशीः ६ लाख ८१ हजार
चिसंखुगढीः ३ लाख ६७ हजार
जम्मा: ७९ लाख ८५ हजार
यस्ता फजुल खर्च नियन्त्रण गर्न नागरिक समाजले माग गरेका छन् । यो समाचार अन्नपूर्ण पोस्ट्मा शिवप्रसाद ढुंगानले लेखेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















