दुध बहादुर लामा,
दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको २०१९ सेप्टेम्बर २१ र २२ मा हुन गइरहेको सातौं महाधिवेशनमा सहभागिताको लागि पंजीकृत सदस्यता आवेदन फारम भर्ने म्याद सकिएको सूचना जारी गरिएको छ ।
एनआरएनए कोरियाले पंजीकृत सदस्यता आवेदन फारम भर्ने म्याद २०१९ अगष्ट २२ बिहिवार साँझ ६:०० बजे सकिएको सबैमा जानकारी लागि सूचना प्रकाशित गरिएको छ ।
आवेदकले पहिले ने NUMBER VERIFICATION गरेर ACCOUNT CREATE गरिसकुनु भएको छ भने पनि LOGIN गरेर फारम पुरा गरि समवेश (SUBMIT) गर्न सक्नु हुनेछ ।
साथै PAYMENT SLIP हाल्न छुटेको, फोटो (PHOTO) हाल्न छुटेको, एलियन कार्ड/ राहदानी (ALIEN CARD/PASSPORT) हाल्न छुटेकोहरुले LOGIN गरेर मिति अगष्ट २९, २०१९ सम्म हाल्नु हुन बिनम्र अनुरोध गरेको छ ।
आवेदकहरुको नाम गलत ( TYPE MISTAKE ) हुन गएको वा अन्य कुनै जानकारीको लागि एनआरएनए सचिवालय वा निम्न फोनमा सम्पर्क गरेर जानकारी गराउन सकिने जनाएको छ ।
एनआरएनए दक्षिण कोरियाले आवेदक सम्पूर्ण कोरियावासीको साथ र सहयोगको लागि धन्यवाद ज्ञापन गरिएको छ ।

























