काभ्रे । तत्कालिन जनयुद्धरत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को निक्कै नै चर्चित चुनवाङ बैठकमा वर्तमान गृहमन्त्री रामबहादुर थापाले मन्तव्य राखिएको भिडियो सामाजिक सञ्जालमा भइरल बनेको छ ।
उक्त भिडियोमा गृहमन्त्री बादलले रुँदै आत्मालोचना गरिएको छ । विशेष गरि केन्द्रिय समितिको बैठकमा बादललाई ‘लिनप्यावादी’ र अध्यक्ष प्रचण्डलाई होक्जावादीको आरोप लागेकोमा उनले स्पष्टीकरण दिन खोजेको छ ।
‘म लिनप्या नै हो त? कमरेड प्रचण्डको सत्ता हत्याउन मैले खेजेकै हुँ त ?’ उनले भनेका छन्, ‘के क. प्रचण्ड होक्जा हो त ? आजको इतिासले यो जवाफ दिनुपर्छ । एक्कइसौं सताब्दीको जनताले जवाफ दिनुपर्छ ।’
उनले अध्यक्षसँगको संम्बधन्क कहिले पनि नटुंगिने प्रतिबद्धता समेत जाहेर गरेका छन् । ‘हामी सिद्धिने छौं, तर हामी जुक्ने छैनौं , टुट्नै छैनौं ।’ उनले प्रचण्डलाई सम्बोधन गरेर भनेका छन्, ‘म उचाई होइन कामरेड, म त आधार हुँ ।’
हेर्नुहोस् भिडियोः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















