तेमाल अनलाईन संवाददाता,

दक्षिण कोरिया । तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानको दोस्रो ऐतिहासिक अधिबेशन “भाषा, कला, संस्कार, संस्कृति हाम्रो सान ! विश्व भरिको तामाङ एकता हाम्रो अभियान” !!  भन्ने मूल नाराको साथ यहि आउदो सेप्टेम्बर ८ आइतबार किम्हे स्थित मुन्ह्वावन हलमा हुने भएको छ। 

यस संस्था डेढ बर्ष अघि निबर्तमान तथा संस्थापक अध्यक्ष विश्वास व्लोनको नेतृत्वमा गठन भएको यस संस्थाले तामाङ समुदायको आफ्नो भाषा, कला, संस्कार, संस्कृति संरक्षण तथा सम्बर्धन गर्दै अघि बढ्नुको साथै विभिन्न सामाजिक कार्यमा समेत आफ्नो सक्रियता देखाउदै छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।  

सामाजिक कार्य गर्ने क्रममा: स्वदेश तथा विदेशमा आईपर्ने आपतकालीन समस्या हरूमा हातेमालो गर्ने, मनोरञ्जनात्मक तथा खेलकुद कार्यक्रमहरु गर्ने , विभिन्न रोगबाट पिडीत बिरामीहरूको उपचारका निम्ति सहयोग रकम जुटाउने  जस्ता उल्लेखनीय कामहरू गर्दै आईरहेको छ। कोरियाको ख्यङ्साङ्नाम्दो र बुसान एरियामा कम्पनी परिबर्तन तथा बिरामी पर्दा महिलाहरुलाई बस्ने ठाउँको समस्यालाई मध्यनजर गर्दै विगत केहि समय अगाडी देखि निशुल्क “नाना आङा धिम” (महिला आवास गृह) पनि संचालन गर्दै आईरहेको छ।

दोस्रो ऐतिहासिक अधिवेशन संगै संस्थालाई विभिन्न कालखण्डमा आ-आफ्नो ठाउँबाट आर्थिक, भौतिक, नैतिक सहयोग गर्नुहुने महानुभावहरु र संघ-संस्थाहरु लाई सम्मान कार्यक्रम रहेकोले सम्पुर्ण सहयोग दाताहरू तथा संघ-संस्थाहरु लाई पनि हार्दिक निमन्त्रणा गरेका छन् ।

यस अधिवेशनलाई ऐतिहासिक रुपमा सफल पार्नका निम्ति विभिन्न क्षेत्रीय तथा जातिय संघ-संस्थाका प्रतिनिधीहरु, समाजसेवी, बुद्धिजीवी, पत्रकार, व्यवसायी, विधार्थी, खेलाडी एवंम् सम्पूर्णमा तामाङ, गैरतामाङ नेपालीदाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि कार्यबाहक अध्यक्ष सुजित घिसिङले हार्दिक अनुरोध गर्नुभएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।