तेमाल । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तेमालमा रहेको काठको सबै पोल फेर्ने प्रतिबद्धता जाहेर गरेका छन् । तिमाल सामुदायिक विद्युतिकरण सहकारी संस्था लि. को आयोजनामा तेमालमा भएको बिधुतिय चुलोको बजारमुखी प्रवर्द्धन कार्यक्रमलाई उद्घाटन गर्दै निर्देशक घिसिङले उक्त प्रतिबद्धता जाहरे गरेका हुन् ।

‘तेमालमा सबै पोल काठको रहेछ, त्यही काठको पोल फेर्न म आफै यहाँ आएको छु ।’ घिसिङले भने, ‘अब सबै पोल फेर्ने छौं । छिटोभन्दा छिटो यो काम सम्पन्न गरौं भनेको छु ।’ त्यसैगरि घिसिङले तेमालमा रहेका कम्जोर ट्रान्समिटरहरु समेत तुरुन्तै फेरिदिने वा मर्मत गरिदिने प्रतबद्धता जाहेर गरे ।
भिडियाे हेर्नुहाेस्ः
विद्युत नचोर्नुहोस् है
घिसिङले विद्युत चुहावट नियन्त्रण गरेको कारण घाटामा गएको प्राधिकरण नाफामा ल्याउन सफल भएको बताउँदै उपभोक्ताका हिसाबले विद्युत नचोर्न अनुरोध गरे । ‘तपाईंहरुले पनि कहिले पनि विद्युत नचोर्नु होला । बरु कम खबप गर्नु होला ।’ उनले भने, ‘विद्युत चोर्नु कानुनी अपराध पनि हो, सामाजिक अपराध पनि हो । विद्युत चोरेका थाहापाए खबर गरिदिनुहोला । हामीलाई यो नै सबैभन्दा ठूलो सहयोग हुने छ ।’

आजको चुनौति खपत कसरी गर्ने ?
निर्देशक घिसिङले विद्युतमा हिजो र आजको चुनौंति फरक रहेका प्रष्ट पारे । ‘ हिजोको चुनौति विद्युत कहाँबाट ल्याउने भन्नेमा थियौं । विद्युतिय चुल्हो प्रयोग गर्नु हुँदैन, भनेर विज्ञापन नै गथ्र्यौं । तिहारमा विद्युत प्राधिकरणले विज्ञप्ति निकाल्नु पथ्र्यो । विभिन्न खालको बत्ति नबाल्न विज्ञापन गर्नुपरेको थियो ।’ उनेले भने, ‘आज चुनौति परिवर्तन भएको छ । आज हामी विद्युतिय चुल्हो प्रयोग गर्नुपर्छ भन्नेमा पुग्यौं, ग्याँसको ‘रिप्लेसमेन्ट’ गर्नुपर्छ भन्नेमा पुग्यौं । मुलुक भित्रै कसरी विद्युत खपत गर्ने भन्नेमा पुग्यौं ।’

यो चुनौति सामना गर्नलाई तेमालबाटै शुरु गरेको बताउँदै उनले मुलुकभरिबाटै यस्तो कार्यक्रम तेमालबाटै शुरु गरेका बताए ।
विद्युतिय चुल्हो सबैले प्रयोग गर्नुपर्छ
तेमालबासीलाई घिसिङले ग्याँस भन्दा विद्युतीय चुल्हो सस्तो भएकोले यस्को प्रयोग गर्न अनुरोध गरे । ‘तपाईं विद्युत शक्ति खपत गर्दै हुनुहुन्छ, यो तारबाट आउने हो । ग्याँस बोकेर घरसम्म ल्याउन २ दिन लाग्छ ।’ उनले भने, ‘यहाँ आइपुग्दा ग्याँस १७।१८ सय रुपैयाँ पर्छ । ग्याँस जति नै विजुली प्रयोग गरे ७।८ सय रुपैयाँ पर्छ ।’ विद्युतिय चुल्होले स्वच्छ वातारण, स्वास्थ्य पनि राम्रो हुने, विदेशबाट ग्याँस खपत गर्नु नपर्ने जस्ता फाइदा समेत हुने भएकोले विद्युत चुल्हो नै प्रयोग गर्न उनले अनुरोध गरे ।

कार्यक्रममा घिसिङले ९ वटै वडाका उपभोक्ताहरुलाई विद्युतिय चुल्हो हस्तान्तरण गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















