तेमाल । काभ्रेको तेमाल गाउँपालिकामा विद्युतिय चेल्हो वितरण शुभारम्भ भएको छ । स्वच्छ भान्सा, स्वस्थ्य परिवारको लागि अधुनिक चुलो भन्ने मुल नाराका साथ तिमाल सामुदायिक विद्युतिकरण सहकारी संस्था लि.ले विद्युतिय चुल्हो वितरण गर्न लागेको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज (शनिबार) एक कार्यक्रमका बीच वितरण कार्यक्रमको उद्घाटन गरे ।
सहकारीले पहिलो चरणमा आफ्ना ग्राहक रहेका ५ सयभन्दा बढी परिवार ६७ सय रुपैयाँमा इन्डक्सन चुल्होसहित त्यसमा प्रयोग हुने कुकर, कराई, पानी तताउने ताप्के दिएको छ । यसमा जीआईजेड र समादायिक विद्युत उपभोक्ता महासंघको सहयोग गरेको छ ।

तेमाल सामुदायिक विद्युत सहकारीले आफ्ना ५५ सय परिवार विद्युतका ग्राहकलाई एलपी ग्याँसको सट्टा इन्डक्सन चुल्हो प्रयोग गर्न प्रोत्साहित गर्ने बताएको छ ।

तेमाल क्षेत्रमा एक सिलिन्डर ग्यासको मूल्य १८ सयभन्दा बढी पर्छ । तर दिनमा १।२ युनिट विजुली खपत गर्दा खानाखाजा बनाउन सकिने संस्थाले बताएको छ । यसले ग्यास भन्दा इन्डक्सन चुल्होको खर्च कम पर्न आउने बताइएको छ ।

कार्यक्रममा तेमाल गाउँपालिकाका अध्यक्ष तेमाल सिं तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङ, सामुदायिक विद्युत उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष नारायण ज्ञवली, नेपाल विद्युत प्राधिकरण काभ्रे शाखा प्रमुख रन्जनराज गुरुङ, सामुदायिक विद्युत महासंघका अध्यक्ष संग्रामजीत लामा, गाउँपालिकाका सबै वडाका वडा अध्यक्षहरु लगायतका उपस्थिति रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















