सुनिता दोङ तामाङ
इराक । वैदेशिक रोजगारको सिलसिलामा इराक पुगेका नेपाली महिलाहरुले इराकको सुलेमानीमा दरखाने कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमको आयोजना नेपाल महिला समाज कुर्दिस्तान सुलेमानीले गरेका हुन् ।
‘नेपाली नारीहरुको महान चाड तीज हाम्रो विशेषता, हरेक नारीको सुख दुःखमा महिला समज एकता’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष सानु शेर्पाले जानकारी दिए । उनका अनुसार समाजको यो दोस्रो प्रस्तुति हो ।
कार्यक्रम होटेल पालसमा ०६ सेप्टेम्बर २०१९ मा हुने शेर्पाले बताइन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।