काभ्रे । जिल्लाको नमोवुद्ध नगरपालिकामा रहेका ईंटा भट्टामा डोजर चलाएको छ । भकुण्डे क्षेत्रमा सञ्चालित ईट्टा उद्योगहरुले नगरपालिकासँग गरेको करार संझौता अनुसार भट्टा छोड्नुपर्नेमा नछोडेपछि नगरपालिकाले आज डोजर चलाएको हो ।
उद्योगीहरुले अटेर गरेपछि कानूनको कार्यन्वयन गरेको नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्माले बताएका छन् ।
यता नगरले उद्योगहरु हटाउने भएपछि उद्योगीहरुले उद्योगमा जाने बाटोमा अवरोध पु¥याएका थिए । नगरपालिकाले बैकल्पिक बाटो निर्माण गरी वडा नं. २ मा रहेको शिवशक्ति ईट्टा भट्टा, वडा नंं २ मा नै रहेको भैरबकुण्ड भट्टा भत्काएको छ ।
नमोवुद्ध नगरपालिकाको वडा नं. २ र ३ मा गरी जम्मा ८ वटा ईट्टा उद्योगहरुले ईट्टा उत्पादन गर्दै आएका थिए । यी सबै उद्योगहरुले तोकिएको मापदण्ड पूरा नगरेकोले नगरपालिकाले हटाउने निर्णय गरेको थियो ।
यसअघि नगरपालिका र उद्योगीहरुबीच २०७५ पुष २८ गते २०७६ असार मसान्तसम्ममा भट्टा बन्द गर्ने करार संझौता भएको थियो । नगरापलिकाको भकुण्डे क्षेत्रमा सुख्खा लाग्ने गरेकाले खेतबारीमा उत्पादन हुने बालीभन्दा भट्टाले दिने भाडा बढी आउने भएपछि स्थानीय किसानहरु भट्टाको समर्थनमा उभिंदै आएका थिए ।
‘सम्झौताअनुसार ०७६ असार मसान्तपछि हामीले उद्योगीहरुलाई उद्योग बन्द गर्न ताकेता ग¥यौं । सम्झौतालाई कार्यान्वयन गर्न अनुरोध गरियो ।’ । नगरापालिकाका वातावरणीय अधिकृत सन्तोष काफ्लेले भने, ‘तर उद्योगीहरुले दतारुकता देखाएनन् । त्यसपछि सम्झौताको बुँदा नम्बर ६ मा टेकेर हामीले भट्टा भत्काएका हौं ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।