फोटो/पत्रकार दिनेश घिमिरे र इन्द्र थापा मगर
काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका भकुण्डेमा सञ्चालित इटा भट्टामा क्रेन र डोजर लगाएर भत्काएको छ । नमोबुद्ध नगरपालिकाले क्रेन र डोजर लगाएर इटा भट्टाका चिम्नी भत्काएका हुन् ।
नमोबुद्ध नगरपालिकाले पटक पटक भट्टा भत्काउनको लागि ताकेता गरे पनि व्यवासायीहरूले नभत्काएको भन्दै नगरपालिकाले बल प्रयोग गरी क्रेन र डोजरको सहायताले भत्काएका हुन् । नगरपालिका र व्यवसायीबीच अघिल्लो बर्ष २०७५ पुस २८ गते सम्झौता भएको थियो । सो करार सम्झौतापत्रमा २०७६ असार मसन्त भित्र इटा भट्टा सञ्चालन नगर्ने भन्ने सम्झौता भएको थियो ।
सम्झौताअनुसार असार मसान्त सम्ममा व्यवसायीहरूले भट्टा नभत्काए पछि इटाभट्टा भत्काउनको लागि नगरपालिकाले सूचना जारी गरेको थियो । नगरपालिकाले ३५ दिने सूचना गरे पनि व्यवसायीहरूले अटेर गरीरहेको थियोे । त्यसपछि आईतबार प्रहरी र नगरपालिकाका कर्मचारीहरूको सहयोगमा भट्टा भत्काएका हुन् ।
फोटो/पत्रकार दिनेश घिमिरे र इन्द्र थापा मगर
नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिनाले व्यवसायी र नगरपालिकाको सम्झौता अनुसार व्यवसायीहरूले अटेर गरेकाले हामी आफैले भत्काउनु परेको बताएका छन् । ‘हामीले ताकेता ग¥यौं तर पूर्व सम्झौता अनुसार व्यवसायीहरूले काम नगरेकाले हामीले भट्टा भत्काएका हौँ ।’ उनले भने, ‘नगरपालिकाले ३५ दिने सूचना जारी गरेपनि उहाँहरूले अटेर गरेका कारण हामीले जबरजस्त भत्काएका हौँ ।’
नगरपालिका भित्र रहेको ८ वटै भट्टा आईतबार नै ढाली सक्ने मेयरका स्वकीय सचिव प्रकाश तिमल्सिनाले जानकारी दिए । वेलुकी अवेरसम्म भएपनि सवै भटटा भत्काई सक्ने बताए ।
फोटो/पत्रकार दिनेश घिमिरे र इन्द्र थापा मगर
सम्झौताअनुसार ०७६ असार मसान्तपछि हामीले उद्योगीहरुलाई उद्योग बन्दगर्न ताकेता गरेको नगरपालिकाका वातावरणीय शाखाका प्रमुख सन्तोष काफ्लेले बताए । ‘सम्झौतालाई कार्यान्वयनगर्न अनुरोध गरियो ।’ काफ्लेले भने, ‘तर उद्योगीहरुले दतारुकता देखाएनन् । त्यसपछि सम्झौताको बुँदानम्बर ६ मा टेकेर हामीले भट्टा भत्काएका हौं ।’
इटा भट्टा व्यवसायी लक्ष्मण महर्जनले सम्झौताअनुसार आफूहरू भत्काउने तयारीमा रहेको बताएका छन् । हामीलाई ३५ दिने सूचना गरेको थियो तर एउटा कोठा सार्नलाई त पैतीस दिनको म्याद चाहिन्छ भने उद्योग बन्दगर्न केही समय लाग्ने बताए । ‘हामी भत्काउने तयारीमा थियौँ, तर हामीलाई वैकल्पीक ठाउँहरू मागेका थियौ नगरले विकल्प दिएन ।’ उनले भने, ‘एउटा कोठा सार्न त ३५ दिनको म्याद चाहिन्छ भने उद्योगको लागिअलि समय चाहिन्थ्यो । हामीलाई पहिला सम्झौता पनि नगरपालिकाले घाटीमा ङ्याकेर गर्न लगाएको हो ।’
फोटो/पत्रकार दिनेश घिमिरे र इन्द्र थापा मगर
व्यवसायीहरुले भट्टा जाने बाटोमा गाडी स्काभेटर र जेसिवी जस्ता साधन राखेर बाटो बन्द गरेको थियो । तर वैकल्पीक बाटो खनेर नगरपालिकाले भट्टा भत्काएका छन् ।
मेयर विरुद्ध नारा लगाउदा तीनजना पक्राउ
सो इटा भट्टा भत्काउने क्रममा व्यवसायीको तर्फबाट नगरपालिका र नगर प्रमुखको विरुद्धमा नाराबाजी गर्दा तीनजना व्यवसायीहरू पक्राउ परेका छन् । पक्राउपर्नेहरूमा नमोबुद्ध नगरपालिका वडा नं. ३ का किशोर दाहाल, भक्तपुर नगरपालिका वडा नं. ९ का राम सुवाल र भत्तपुर नगरपालिका वडा नं. ८ का राजन भैनालो रहेका छन् । उनीहरूलाई जिल्लाप्रहरी कार्यालय काभ्रे धुलिखेलमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका सहायक प्रमुख दिपकगिरीले बताएका छन् । भट्टा भत्काउन ६० जना नेपाल प्रहरी र ४० जना शसस्त्र प्रहरी परिचालन गरेको थियो ।
फोटो/पत्रकार दिनेश घिमिरे र इन्द्र थापा मगर
व्यवसायी अदालतमा नगरको डोजर भट्टामा
भकुण्डेमा सञ्चालनभएको इटा भट्टा सञ्चालनगर्नु पाउनु पर्छ भन्दै इटा भट्टा व्यवसायी सर्बाेच्च अदालतमा गएका छन् । सर्बाेच्च अदालतमा स्टे अर्डर लगायतको मुद्धा व्यवसायीले दर्ता गरेका छन् । व्यवसायीहरू अदालतगएको वेला नगरपालिका भने दलवल सहित भट्टामा गई भत्काएका छन् ।
फोटो/पत्रकार दिनेश घिमिरे र इन्द्र थापा मगर
इटाभट्टा व्यवसायी संघ काभ्रेका अध्यक्ष् ाजितेन्द्र खैमलीले आफुहरू स्टे अर्डरका लागि अदालत गएको बताएका छन् । आफुहरूलाई नगरपालिकाले उद्योग सञ्चालनको लागि वैकल्पीक स्थान दिनुपर्ने पनि खैमलीले बताएका छन् । ‘हामीले सर्बाेच्च अदालतमा मुद्धा दर्ता गरेका छौँ । अवअदालतले के भन्छ कानुनअनुसार हामी अगाडी बढ्छौँ ।’ उनले भने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।