हेटौंडा । कृषि, पशु, सोध, अनुसन्धान तथा एकेडेमिक प्रोजेक्ट वर्कमा इच्छुक तथा गैर सरकारी क्षेत्रमा कार्यरतको सफ्ट स्किल विकास गर्ने लक्ष्यसहित मकवानपुर हेटौंडामा दुईदिने प्रस्तावना लेखन तालिम सम्पन्न भएको छ ।
सामुदायिक समुत्थानका लागि दिगो बिकास कार्यक्रम (सबल) नेपालले भाद्र ७ र ८ गते प्रस्तावना लेखनसम्बन्धी तालिम आयोजना गरेको हो । कृषक समुहका प्रमुख तथा अगुवा सदस्यहरु तथा गैरसरकारी क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई लक्षित यो तालिममा विभिन्न अभ्याससहित प्रयोगात्मक माध्यमले प्रस्तावना लेखन सम्बन्धि सीप प्रदान गरिएको थियो ।
तालिममा राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकामा हुदै आएका विभिन्न योजनाहरुमा निबेदनका भरमा काम हुँदै आएको र पछि केहि ठुला योजनाहरु बनाउनुपर्दा यस्तो प्रस्तावना लेखन तालिम अति आबस्यक रहेको बताए । कृषि तथा पशु क्षेत्रमा काम गर्ने ब्यक्तिहरुलाई गाउँपालिका, प्रदेश तथा अन्य संघ संस्थाबाट पाइने विभिन्न अनुदान तथा कर्जा ऋणका लागि यस्तो प्रस्तावना लेखन अति नै महत्त्वपूर्ण रहेकोले सबैले सिकेर स्वाबलम्बी बन्न मल्ललेआग्रह गरे ।
तालीममा प्रमुख प्रशिक्षक सुशील राज गिरि र कार्यक्रम संयोजक नमराज थापा रहेका थिए भने तालिमका सहजकर्ता सीता ढकालका अनुसार समाजका आर्थिक मामिलामा कार्यरत धेरै संस्थाहरु भएपनि प्राविधिक ज्ञान, सीप प्रदान गर्ने संस्था वा माध्यम कम भएकाले यस्तो किसिमको ‘सफ्ट स्किल’ सम्बन्धि तालिम सन्चालन गरिएको बताईन् ।
तालिममा राक्सिराङ, भिमफेदी, कैलाश साथै मनहरी गाउँपालिकाबाट बाख्रा, कुखुरा, रांगापालक समुह तथा विभिन्न सहकारी संघ संस्थाका प्रमुख तथा अगुवा सदस्यहरु गरि २१ जना उपस्थित रहेका थिए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















